काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटा लिमिटेडले अन-नेट र अफ-नेट दुवैमा सेवाको फाइदा लिन सकिने गरी कम्बो प्याक सञ्चालनमा ल्याएको छ ।
एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायकको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल-नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल-नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० ओटा अल-नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन् । ग्राहकले *17118*7*3# डायल गरी यो प्याक लिन सक्नेछन् ।
त्यसैगरी एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० ओटा एसएमएससहित अन-नेट अनलिमिटेड सेवा करसहित रु. ७९८ मा कम्बाे प्याक लिन सक्छन् । यो प्याक *17118*7*2# डायल गरी लिन सकिन्छ ।