close

आफ्नो पुरानो जिमेल अकाउन्ट बिर्सिनु भयो ? यस्तो छ फेला पार्ने सजिलो तरिका

टेकपाना टेकपाना

साउन ६, २०८० २३:११

आफ्नो पुरानो जिमेल अकाउन्ट बिर्सिनु भयो ? यस्तो छ फेला पार्ने सजिलो तरिका

काठमाडौं । गुगलले दुई वर्षसम्म निष्क्रिय जिमेल अकाउन्ट हटाउने घाेषणा गरिसकेकाे छ । यसअन्तर्गत १ डिसेम्बर २०२३ देखि दुई वर्षसम्म निष्क्रिय भएका अकाउन्ट हट्नेछन् ।

हामीले पनि आफ्ना लागि थुप्रै जिमेल अकाउन्ट बनाएका हुन्छौं । केही सम्झिएका हुन्छौं भने केही बिर्सिसकेका हुन्छौं । हाम्रो जिमलेको एड्रेस के थियो भन्ने पनि भुलिसकेका हुनसक्छौं ।

तपाईंले विभिन्न तरिकाहरू अपनाएर रिकभर गर्न नसकेको जिमेल अकाउन्ट गुगलको ‘फाइन्ड योर ईमेल’ पेजबाट भेटिन सक्छ । यसको अर्थ कुनै पनि फोन नम्बर वा ईमेल अकाउन्टसँग जोडिएको गुगल अकाउन्ट रिकभर गर्न सकिन्छ ।

आज हामी रिकभरी ईमेल वा फोन नम्बर राखेको कुनै पनि जिमेल अकाउन्ट कसरी फिर्ता ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं । 

- सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । 

- त्यसपछि आफूसँग अहिले भएको फोन नम्बर वा ईमेल एड्रेस राख्नुहोस् । 

- अनि माथिको बक्समा आफ्नो पहिलो नाम र अर्को बक्समा थर राख्नुहोस् । 

- त्यसपछि 'नेक्स्ट' बटनमा क्लिक गर्नुहोस् ।

- यति गरेपछि तपाईंले राखेको फोन नम्बर वा ईमेल एड्रेसमा गुगलले भेरिफिकेसन कोड पठाउने उल्लेख गरिएको पेज देखिन्छ । त्यसमा ‘सेन्ड’ बटनमा क्लिक गर्नुहोस् । 

- त्यसपछि तपाईंको जिमेल वा फोन नम्बरमा एउटा कोड आउँछ । उक्त कोड ‘इन्टर कोड लेखिएको पेजमा देखिएको बक्समा राख्नुहोस् । अनि नेक्स्टको अप्सनमा थिच्नुहोस् । 

- यति गर्नुभयो भने उक्त फोन नम्बर वा ईमेल एड्रेसलाई रिकभरी अप्सनमा राखिएका जिमेल अकाउन्ट देखिन्छन् । 

-त्यहीमध्ये आफूले चाहेको जिमेल अकाउन्ट छान्नुहोस् । 

-यति गरेपछि उक्त अकाउन्टको लागि राखिएको पासवर्ड राख्न भनिएको हुन्छ । पासवर्ड छ भने पासवर्ड राख्नुहोस् । तर यदि छैन भने 'फर्गेट पासवर्ड'को अप्सनमा ट्याप गर्नुहोस् ।

- फर्गेट पासवर्डमा ट्याप गरेपछि त्यहाँ देखाइएको विकल्प छानेर पासवर्ड परिवर्तन गर्नुहोस् । 

यसरी तपाईं आफूले बिर्सिसकेको अकाउन्ट पनि रिकभरी ईमेल वा पिन नम्बरको सहायताले फेला पार्न सक्नुहुन्छ । त्यसबाहेक पनि आफूसँगै भएका कति अकाउन्ट एक्टिभ छन्, कति छैनन् भन्ने कुरा पनि माथिकै तरिका अपनाएर फेला पार्न सक्नुहुन्छ । 

यदि तपाईंको कुनै जिमेल अकाउन्ट हराएको छैन भने पनि तपाईं आफ्नो अकाउन्टमा रिकभरी फोन नम्बर वा ईमेल छान्नसक्नु हुन्छ । यस्तो हुँदा केही गरी जिमेल अकाउन्टको ईमेल एड्रेस बिर्सियो भने रिकभर गर्न सजिलो हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८० २३:११