काठमाडौं । औपचारिक कुराकानीका लागि जिमेल एउटा राम्रो विकल्प हो । यदि धेरै एजेन्सीहरूसँग कुराकानी गर्ने काम छ भने जिमेल तपाईंले प्रयोग गर्नैपर्ने हुन्छ । तर, जिमेलमा गलत ईमेल ठेगाना दिइए पनि मेल जाने गर्छ । यसबारे केही बेरमा गलत ठेगाना भएको मेसेज आउँछ ।
यो त एउटा सानो समस्या हो । जिमेलमा पठाइएका मेलहरू अन्य कारणले पनि नजान सक्छ । जस्तो; इन्टरनेट स्लो हुँदा, जिमेल एपमा समस्या हुँदा आदि । आज हामी जिमेल मार्फत पठाइएका मेलहरू गइरहेका छैनन् भने तिनलाई समाधान गर्ने तरिकाबारे चर्चा गर्ने छौं:
डेस्कटप र मोबाइल
यस खण्डमा डेस्कटप र मोबाइल दुवैका लागि केही समाधानका उपाय चर्चा गरिएको छ:
-इन्टरनेट कनेक्सन जाँच गर्ने
मेल नजानुको प्रमुख कारण हुन सक्छ, इन्टरनेट । कतिपय अवस्थामा डिभाइसमा इन्टरनेट सिङ्नल देखिए पनि चलिरहेको हुँदैन । इन्टरनेट चले/नचले थाहा पाउन तपाईंले ब्राउजर खोले पुग्छ । यदि इन्टरनेटको समस्या भए मेल पठाउन कुर्नुपर्ने हुन्छ ।
-जिमेल डाउन भए/नभएको हेर्ने
यदि इन्टरनेटमा समस्या छैन भने जिमेलको सर्भर डाउन भएर पनि मेल नगएको हुन सक्छ । तर यस्तो अवस्था नगण्य हुन्छ । तर पनि तपाईंले जिमेलको डाउन भए/नभएको जाँच गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
-प्रापकको मेल ठेगाना जाँच गर्ने
मेल जानका लागि सही मेल ठेगाना हुनुपर्छ । तर कहिलेकाहीँ अक्षर बढी थिच्दा अथवा कम हुँदा मेल ठेगाना गलत हुन जान्छ । यसकारण मेल ठेगाना सही भएको निश्चित गरिसकेपछि मात्र तपाईंले सेन्ड (Send) बटन क्लिक गर्नुहोस् ।
डेस्कटपका लागि
यदि तपाईं विन्डोज, म्याक, लिनक्स, क्रोमबुक जस्ता अपरेटिङ सिस्टम भएको डेस्कटप चलाइरहनु भएको छ भने निम्न तरिका अपनाउन सक्नुहुन्छ:
-ब्राउजरको क्यास क्लियर गर्ने
यदि ब्राउजरमा इमेल लोड भइरहेको छैन भने ब्राउजरको क्यास क्लियर गर्नुहोस् । यसो गर्दा ब्राउजरमा जिमेल नखुल्ने तथा पठाएको मेल नगइरहेको समस्या समाधान हुन सक्छ ।
-पुन: लगइन गर्ने
कहिलेकाहीँ लगइनमा आउने समस्याका कारण पनि मेल गइरहेको हुँदैन । तर, प्रयोगकर्तालाई ठ्याक्कै यही समस्या हो भन्ने थाहा हुँदैन । यसकारण तपाईंले एक पटक लग आउट गरेर पुन: लगइन गर्न सक्नुहुन्छ ।
-अन्य वेब ब्राउजर प्रयोग गर्ने
यदि यी माथिका कुनै पनि समस्या छैन भने अर्को ब्राउजर प्रयोग गर्नुहोस् । किनकि ब्राउजरको समस्याका कारण पनि जिमेल नचल्न सक्छ । यदि अर्को ब्राउजरमा चले तपाईंले उक्त ब्राउजरमा समस्या भएको बुझ्न सक्नुहुन्छ ।
आईफोन र एन्ड्रोइडका लागि
यदि आईफोन र एन्ड्रोइडमा समस्या भोगिरहनु भएको छ भने निम्न उपाय अपनाउनुहोस्:
-आधिकारिक एपमात्र प्रयोग गर्ने
यदि तपाईंले थर्ड पार्टी ईमेल क्लाइन्टहरूमा जिमेल प्रयोग गरिरहनु भएको छ भने तुरुन्तै आधिकारिक एपमा स्विच हुनुहोस् । आईओएस तथा एन्ड्रोइड दुवैमा जिमेलको आधिकारिक एप उपलब् । किनकि थर्ड पार्टी ईमेल क्लाइन्टमा भएका समस्याले जिमेल नचलिहरेको हुन सक्छ ।
-जिमेल एप अपडेट गर्ने
आधिकारिक एप प्रयोग गर्दा समस्या आए एप अपडेट गर्नुहोस् । किनकि पुराना भर्सनमा बगहरूले गर्दा जिमेल नचल्न सक्छ । नयाँ अपडेटमा तिनै समस्या समाधान गरिएका हुन्छन् । यसका साथै तपाईंले एपको क्यास मेमोरी पनि क्लियर गर्न सक्नुहुन्छ ।