close

औपचारिक घोषणा नहुँदै फेरियो ट्वीटरको डोमेन र ह्यान्डलः नाम-एक्स, थिमको रङ्ग कालो

टेकपाना टेकपाना

साउन ८, २०८० १३:५

औपचारिक घोषणा नहुँदै फेरियो ट्वीटरको डोमेन र ह्यान्डलः नाम-एक्स, थिमको रङ्ग कालो

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले कम्पनीका लागि नयाँ लोगो पेला पारेपछि बहुपरिचित चराको लोगो हटाउन थालेका छन् । मस्कले आइतबार ट्वीट गर्दै एकाएका ट्वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए । साेही दिन उनले ट्वीटरका लागि ‘एक्स’ अक्षरबाट आउने उपयुक्त लोगो भेटाएको अवस्थामा ट्ववीटरको लोगो सोमबारदेखि लाइभ हुने बताएका थिए ।

आइतबार ट्वीन बिर्चका (Twin Birch) का  सह-संस्थापक सवेर मेरियटले ट्वीट गरेको लोगोलाई नै मस्कले आधिकारिक लोगो मानेका छन् । उनले सोमबार बिहान एक्सको नयाँ लोगोको आइकन ट्वीट गरेका थिए ।

त्यससँगै मस्कले आफ्नो प्रोफाइलमा समेत त्यही लोगो राखेका छन् । अहिले ट्वीटरको आधिकारिक ह्यान्डलको नाम र लोगो परिवर्तन भइसकेको छ । भेरिफिकेसन ब्याज पछाडि देखिने कम्पनी आइकनमा पनि ट्वीटरको पुरानो चराको ठाउँमा एक्सको लोगो देखिन थालेको छ । त्यतिमात्रै हाेइन, थिम कलर पनि कालाे राखिएकाे छ ।

यद्यपि आधिकारिक रूपमा मस्कले लोगो परिवर्तन भइसकेको र सम्पूर्ण ठाउँबाट चराको लोगो हटाइसकेको औपचारिक घोषणा गरेका छैनन् ।

मस्कले आइतबार ट्वीटमार्फत आफूले उपयुक्त लोगो भेटाएको अवस्थामा सोमबार विश्वभर नयाँ लोगो लाइभ गर्ने घोषणा गरेका थिए । सोही अनुरूप मस्कले आफूले एक्सको लोगो भेटाइसकेको र त्यसलाई लाइभ गरिरहेको सङ्केत दिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८० १३:५१