close

विद्यार्थीको स्टार्टअपमा एसपीए कलेजले १० लाखसम्म लगानी गर्ने

टेकपाना टेकपाना

साउन १७, २०८० १६:२६

विद्यार्थीको स्टार्टअपमा एसपीए कलेजले १० लाखसम्म लगानी गर्ने

 

काठमाडौं । धनगढी उपमहानगरपालि- २ मा रहेको सुदूरपश्चिम एकेडेमी (एसपीए) कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप कोष स्थापना गरेकाे छ । विद्यार्थीहरूलाई उद्यमशील बनाउन र उनीहरूको नवीनतम सोचलाई यथार्थमा बदल्न सहयोग गर्ने लक्ष्यका साथ कलेजले १० लाख रुपैयाँको उक्त कोष स्थापना गरेको हो ।

यसबाट नवीन सोच, योजना, विचार भएका स्टार्टअप योजनाहरूलाई सहयोग गर्ने कोषका संयोजक मनोज भट्टले बताए । उनका अनुसार कलेजमा अध्ययनरत कुनै पनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउन आवेदन दिन सक्नेछन् ।

आवेदन दिएकामध्ये उत्कृष्ट विचार भएको कुनै एक विद्यार्थीलाई अथवा फरक-फरक प्रस्तावहरूलाई आवश्यकता अनुसार उक्त रकम वितरण गरिने उनले जनाए ।

यसमा सहभागी हुन विद्यार्थीहरूले आगामी भदौ २५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टर वा [email protected] मा ईमेल पठाउन सक्नेछन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन, आईटीका विभिन्न विषयहरू सञ्चालन गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १६:२६