close

छिमेकीले चन्द्रमामा यान पठाउँदा मेरो देश खाडीमा जवान पठाउन बाध्य छः सांसद शाह

टेकपाना टेकपाना

भदौ १२, २०८० १४:४

छिमेकीले चन्द्रमामा यान पठाउँदा मेरो देश खाडीमा जवान पठाउन बाध्य छः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रतिनिधिसभा सदस्य असिम शाहले छिमेकी देश भारतले चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्दा नेपाल भने खाडी देशमा जवान पठाउन वाध्य भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रश्न सोध्ने क्रममा शाहले छिमेकी राष्ट्रले चन्द्रयान सफलतापूर्वक अवतरण गर्दा हाम्रो राष्ट्र ‘एस म्यान’ जोगाउन लागेको गुनासाे गरे ।

"भारतीय नेतृत्वले अन्तरिक्षयानलाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नीति कसरी आफ्नो ‘एस म्यान’ लाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोच्नमा तल्लीन हुनु अत्यन्त दु:खद छ," शाहले भने, "यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउन व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्ने होला ?"

उनले अगाडि भने, "छिमेकीले चन्द्रमामा यान पठाउँदा मेरो देशले खाडीमा जवान पठाउन वाध्य छ । देशभित्रका विश्वविद्यालयहरू रित्तिँदैछन् । व्यवसायीहरू निरास छन् । खेलाडीहरू पलयान छन् । युवापुस्तामा देश छोड्ने लहर चलेको छ ।"

प्रधानमन्त्री प्रचण्डले शाहको जवाफ दिने क्रममा चन्द्रयानकाे प्रसंग भने जाेडेनन् ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १४:४