काठमाडौं । कम्प्युटर चलाउन ट्र्याकप्याड अथवा माउस आधारभूत कुरा हुन् । तर मानौं: हामीसँग ट्य्राक प्याड अथवा माउस चलाउन छैन । तर हामीले कम्प्युटर चलाउनै पर्ने छ । यस्तो अवस्थामा किबोर्ड शर्टकट प्रयोग गर्नुको विकल्प छैन ।
काम गर्न सजिलोका लागि होस् वा माउस नचल्दाको वैकल्पिक विधिका लागि किबोर्ड शर्टकट थाहा पाउँदा राम्रै हुन्छ । यसले काम गर्न माउसको आवश्यकतालाई हटाउन पनि सहयोग गर्छ । आज हामी तिनै शर्टकट की बारे बताउने छौं:
विन्डोज
कतिपय प्रोग्रामहरूको आफ्नै शर्टकर्ट की हुन्छज् । जुन अन्य प्रोग्राममा उपयोगी हुँदैनन् । ती शर्टकट की बारे त्यही प्रोग्राममा बताइएको हुन्छ । यहाँ भने सबै अवस्थामा प्रयोग हुन सक्ने उपयोगी विन्डोज किबोर्ड शर्टकट दिइएको छ:
Win : स्मार्ट मेनु खोल्न
Alt+Tab: खोलेको एप्लिकेसनहरूबिच स्विच गर्न
Alt+F4: खोलेको प्रोग्राम बन्द गर्न
Tab: सेक्सन वा फिल्डमा जान
Arrow Keys: दायाँबायाँ, तलमाथि जान
Win+S: कम्प्युटर भित्र सर्च गर्न
Win+E: फाइल एक्सप्लोलर खोल्न
Enter: छनोट निश्चित गर्न
Esc: डायलग वा मेनुबाट बाहिर निस्कन
Win+Up: विन्डोज म्याक्सिमाइज गर्न
Win+Down: विन्डोज मिनिमाइज गर्न
Win+Left or Win+Right: चलाइरहेको विन्डोजलाई दायाँबायाँ गर्न
Alt+Space: अतिरिक्त विकल्पका लागि (एरो 'की'ले सार्न सकिने)
Space: लामो वेबपेज तथा डकुमेन्टलाई स्क्रोल गर्न
Shift+F10: माउसमा राइट क्लिक गर्दा आउने विकल्पमा पहुँच पाउन
Shift and an Arrow key: अक्षर छनोट गर्न
Shift+Ctrl and an arrow key: एक पटकमा एउटा शब्द छनोट गर्न
Ctrl+C: टेक्स्ट कपि गर्न
Ctrl+V: टेक्स्ट पेस्ट गर्न
Ctrl+S: फाइल सेभ गर्न
Ctrl+A: सबै टेक्स्ट एकै पटक छनोट गर्न
Ctrl+W: विन्डोज अथवा ट्याब बन्द गर्न
विन्डोजको थप शर्टकट कि हेर्न यहाँ क्लिक गर्नुहोस् । यदि तपाईंको किबोर्डमा न्यूमेरिक किप्याड भए माउन कि प्रयोग गर्न सक्नुहुन्छ ।
यसका लागि ‘सेटिङ>एसेसिबिलिटी>माउस’ मा जानुहोस् । त्यहाँ माउस की लाई इनेबल गर्नुहोस् । अब तपाईंले न्यूमेरिक प्याडको एकदेखि नौलाई माउसको क्रसर सार्न प्रयोग गर्न सक्नुहुन्छ ।
म्याक
विन्डोज र म्याकमा कतितपय किबोर्ड शर्टकट समान छन् । तर केही अवश्य फरक छन् । तल म्याकमा उपयोगी शर्टकर्ट की दिइएको छ:
Cmd+C: टेक्स्ट कपि गर्न
Cmd+V: टेक्स्ट पेस्ट गर्न
Cmd+S: फाइल सेभ गर्न
Cmd+A: सबै टेक्स्ट सेलेक्ट गर्न
Cmd+W: विन्डोज अथवा ट्याब बन्द गर्न
Arrow keys: मेनु र डायलबक्समा नेभिगेसन गर्न
Tab: टेक्स्ट फिल्ड र प्रोग्राम सेक्सनमा जान
Space: वेबपेज र हेर्न मात्र मिल्ने डकुमेन्टमा स्क्रोल गर्न
Esc: पछाडि जान
Enter: निश्चित गर्न अथवा केही सेलेक्ट गर्न
Cmd+Tab: खुला गरेको एपहरूमा जान
Cmd+Space: म्याक भित्र सर्च गर्न
Ctrl+F2: फोकसदेखि मेनुबारमा स्विच गर्न
Ctrl+F3: डक माथि ल्याउन
Cmd+M: सक्रिय रहेको विन्डोज मिनिमाइज गर्न
Shift+arrow keys: टेक्स्ट सेलेक्ट गर्न
Shift+Option+arrow keys: एक पटकमा एउटा शब्द मात्र सेलेक्ट गर्न
अन्य शर्टकट कीबारे जान्न यहाँ क्लिक गर्नुहोस् । विन्डोजमा जस्तै म्याकमा पनि तपाईंले न्यूमेरिक प्याडलाई माउसको विकल्पका रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।