close

आजदेखि टेलिकमका सिमकार्ड र सामग्रीहरूको हुलाकमार्फत होम डेलिभरी सेवा सुरु

टेकपाना टेकपाना

साउन १, २०८३ ७:१६

आजदेखि टेलिकमका सिमकार्ड र सामग्रीहरूको हुलाकमार्फत होम डेलिभरी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले शुक्रबार (१ साउन) देखि कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबिच गत १८ असारमा सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गर्ने सम्झौता भएको थियो ।

उक्त सम्झौता आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । सम्झौतामा टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री सम्बन्धित कार्यालय वा ग्राहकसम्म हुलाक सेवामार्फत ढुवानी गर्ने व्यवस्था छ । यससँगै नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री हुलाक सेवामार्फत सिधै आफ्नो घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिदेशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेका थिए । सरकारी स्वामित्वका दुई ठुला संस्थाबिचको यो सहकार्यले दूरसञ्चार सेवा वितरणलाई घरदैलोमै पुर्‍याउने र डिजिटल सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८३ ७:१८