close

नयाँ मन्त्रिपरिषद्: सञ्चारमा रेखा शर्मा दोहोरिइन्, शिक्षामा सुमना श्रेष्ठ

टेकपाना टेकपाना

फागुन २३, २०८० १८:४

नयाँ मन्त्रिपरिषद्: सञ्चारमा रेखा शर्मा दोहोरिइन्, शिक्षामा सुमना श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नयाँ मन्त्रिपरिषद् गठन गर्दैछन् । नयाँ सत्ता समीकरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हात पारेको छ ।

सुमना श्रेष्ठले यस मन्त्रालयको नेतृत्व गर्ने भएकी छन् । यसअघि गत वर्ष रास्वपाकै शिशिर खनाल प्रचण्ड सरकारमा छोटो समयका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।

त्यस्तै मन्त्रिपरिषद्मा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा दोहोरिने भएकी छिन् । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० १८:४८