close

अब ह्वाट्सएपमा एक मिनेटसम्मको स्टाटस अपडेट राख्न सकिने

टेकपाना टेकपाना

चैत २६, २०८० १२:२९

अब ह्वाट्सएपमा एक मिनेटसम्मको स्टाटस अपडेट राख्न सकिने

काठमाडौं । मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले स्टाटस अपडेटको लम्बाइ बढाउने भएको छ । एक मिनेटसम्मको स्टाटस सपोर्ट गर्ने गरी ह्वाट्सएपले काम थालेको हो ।

ह्वाट्सएप सम्बन्धी नयाँ नयाँ फिचर बारे खुलासा गर्ने डब्लूए बेटा इन्फोका अनुसार एपको पछिल्लो बेटा भर्सनमा एक मिनेटसम्मको स्टाटस अपडेट गर्न सकिन्छ । अहिले नियमित भर्सनको ह्वाट्सएपको स्टाटसमा ३० सेकेन्डसम्मका मात्र स्टाटस अपडेट गर्न सकिन्छ । 

अपडेटका हिसाबले यो सानो फिचर भएपनि धेरै प्रयोगकर्ताले यसको माग गरिरहेका थिए । किनकी अलि लामा स्टाटस हाल्न परे प्रयोगकर्ताले ३० सेकेन्डका धेरै भिडिओ बनाएर राख्नु पर्ने हुन्थ्यो । 

अहिले बेटा टेस्टरहरूले यो अपडेट प्रयोग गर्न पाएका छन् । चाँडै सामान्य प्रयोगकर्ताका लागि पनि यो फिचर उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १२:२९