close

एनसेलको टावरमा बम विस्फोट

टेकपाना टेकपाना

चैत २९, २०८० १२:२८

एनसेलको टावरमा बम विस्फोट

काठमाडौं । एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका-४ मा​ रहेकाे एनसेल टावरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले पुष्टि गरे । 

विस्फोटबाट टावरका तारहरू जलेको र आसपासको क्षेत्रमा एनसेलको माेबाइल सेवा अवरुद्ध भएको छ । बम विस्फोट भएको ठाउँमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको डीएसपी खड्काले जानकारी दिए ।​ उनका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।

यसअघि २ चैतमा सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको थियो ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १४:३८