close

२५ वर्षपछि बजारमा फेरि आयो नोकिया ३२१०, मूल्य साढे १२ हजार रुपैयाँ

टेकपाना टेकपाना

बैशाख २८, २०८१ १९:३२

२५ वर्षपछि बजारमा फेरि आयो नोकिया ३२१०, मूल्य साढे १२ हजार रुपैयाँ

काठमाडौं । एक समयको चर्चित फोन नोकिया ३२१० फेरि बजारमा आएको छ । सन् १९९९ मा पहिलो पटक आएको यो फोनलाई अहिले फिनिस कम्पनी एचएमडी ग्लोबलले २५ वर्षपछि मौलिक तथा आधुनिक मिश्रित डिजाइनमा सार्वजनिक गरेको हो ।

नोकिया ३२१० (२०२४) मा ब्लुटुथ ५.०, फोरजी कनेक्टिभिटी, सुधारिएको डिस्प्ले, २ मेगापिक्सेल क्यामेरा लगायका विशेषता छन् । यसमा समाचार, मौसम र युट्युब शर्ट्समा पहुँच प्रदान गर्दै क्लाउड एप्स पोर्टल पनि प्रस्तुत गरिएको छ ।

यो फोन कालो, निलो र सुनौलो रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ । १९९९ मोडेलको तुलनामा अहिलेको मोडेलको आकार थोरै सानो छ ।

दुई ओटा सिम राख्न मिल्ने फोनमा नोकियाको चर्चित प्रिलोडेड स्नेक गेम पनि रहेको छ । त्यस्तै १४५० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीले भारतसहित विभिन्न देशमा यो फोन उपलब्ध गराएको छ ।

भारतमा फोनको मूल्य ७८०० भारु (१२ हजार ४८० नेपाली रुपैयाँ) हुने चर्चा छ । नेपालमा कहिलेदेखि उपलब्ध हुन्छ वा हुँदैन भन्ने विषय खुलिसकेको छैन ।  

फोनका विशेषता

  • Model: TA-619
  • Dimensions: 122x52x13.14 mm
  • Weight: 87.8 g
  • Display: 2.4 inch, QVGA
  • Memory: 128/64 MB (ROM/RAM), expandable with a 32 GB microSD
  • Processor: Unisoc T107
  • Camera: 2MP with LED flash
  • Battery: 1450 mAh, removable, with 9.8 hours talk time
  • Connectivity: Bluetooth 5.0, 3.5 mm jack, USB Type-C
  • OS: S30+
  • Colors: Y2K Gold, Scuba Blue, Grunge Black

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १९:४६