सामसङ टिभीमा २५% छुटदेखि नि:शुल्क १ वर्षसम्म नेटटिभी प्याकेजसहित वर्ल्डकप लाइभ सब्सक्रिप्सन अफर
जेठ २६, २०८३ २३:५७
काठमाडौं । सामसङ नेपालले विश्वकप फुटबलको सिजनलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । घरमै रंगशालाको जस्तो उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यो 'लाइनअप' अफर सन् २०२६ जुलाई १९ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले निश्चित सामसङ टिभीका मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ठुलो र स्पष्ट स्क्रिनमा खेलको मज्जा लिन चाहनेहरूका लागि यो योजना एक उपयुक्त अवसर हुने कम्पनीको विश्वास छ ।
विशेषगरी ठुला स्क्रिनका टिभी खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले अफर ल्याएको छ । ७५ इन्च वा ८५ इन्चका टिभी मोडेल खरिद गर्दा ४९ हजार ९९० रुपैयाँ मूल्य पर्ने सामसङ साउन्डबार मात्र ९,९९९ रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।
यसका साथै, विश्वकपको सिजनमा खेल र अन्य मनोरञ्जनलाई सहज बनाउन सामसङले निःशुल्क 'World Cup Live Subscription' सँगै निःशुल्क नेटटिभी प्याकेजको पनि व्यवस्था गरेको छ ।
अफरअनुसार क्यूलेड र यूएचडी मोडेल खरिद गर्ने ग्राहकले १२ महिनाको निःशुल्क नेटटिभी प्याकेज पाउनेछन् भने फुलएचडी र एचडी मोडेलमा ६ महिनाको प्याकेज उपलब्ध गराइनेछ । यसअनुसार क्यूलेड टिभीमा २५ प्रतिशत, यूएचडीमा १० प्रतिशत, फुल एचडीमा ७ प्रतिशत र ३२ इन्चको एचडी टिभीमा २१ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।
यसका साथै, ग्राहकको आर्थिक सहजताका लागि हुलास फिनसर्भमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा उपलब्ध गराइएको छ । यस सेवामार्फत ग्राहकले १२ वा २४ महिनाको सरल किस्ताबन्दीमा नयाँ टिभी खरिद गर्न सक्नेछन् । साथै, पुराना उपकरणहरू साटेर नयाँ टिभी लिन चाहनेहरूका लागि 'अर्को स्टोर' वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट सिधै एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ ०:७
