close

ब्याचलर्समा कहाँ र कुन आईटी कोर्स पढ्ने ?

सञ्जीवन राई सञ्जीवन राई

साउन १९, २०८१ १५:४५

ब्याचलर्समा कहाँ र कुन आईटी कोर्स पढ्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । अब उत्तीर्ण विद्यार्थीहरू स्नातक तहसँगै उच्च शिक्षाको यात्रामा निस्कनेछन् । 

उच्च शिक्षामा धेरै विकल्प छन् । यसकारण विद्यार्थी तथा अभिभावकहरूका लागि सही विषय छनौट गर्नु दुविधाकै विषय बन्छ । यदि तपाईंको रूचि सूचना प्रविधि (आईटी) सम्बद्ध विषयमा छ भने यो लेख उपयोगी हुन सक्छ । 

आज हामी आईटीमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै नेपालमा सञ्चालनमा रहेका अनेकन् विश्वविद्यालय तथा ती अन्तर्गतका कलेज तथा शैक्षिक कार्यक्रमबारे चर्चा गर्ने छौं:

नेपालमा आईटी शिक्षा

मुलत: अहिले नेपालमा विदेशी तथा स्वदेशी विश्वविद्यालयहरूको फरक-फरक आईटी कोर्स सञ्चालनमा छन् । त्यसमाथि पनि पहिले विज्ञान प्रविधि तथा इन्जिनियरिङको विषयको रूपमा मात्र रहेको आईटी शिक्षा त्यतिमा मात्र सीमित छैन । अहिले शिक्षा, व्यवस्थापन र मानविकी संकायमा समेत आईटी पढाइ हुन थालेको छ । 

नेपालमा सन् १९९० को दशकपछि कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर साइन्स, ब्याचलर इन कम्प्युटर एप्लिकेसन लगायतका विषय पढाइ हुँदै आएकोमा पछिल्लो समयमा ब्याचलर इन डेटा साइन्स, ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विशिष्टिकृत शैक्षिक कार्यक्रम समेत सञ्चालन भएका छन् ।

१. त्रिभुवन विश्वविद्यालय

मुलुककै जेठो विश्वविद्यालय हुनुका साथै आईटी पढाउने कलेज र कोर्सको संख्याका हिसाबमा पनि त्रिभुवन विश्वविद्यालय सबैभन्दा अगाडि नै छ । किनकि यस विश्वविद्यालयको देशभर सम्बन्धन प्राप्त कलेज छन् । ती मध्ये अधिकांशमा विश्वविद्यालयको विभिन्न सङ्कायहरूको कोर्स सञ्चालनमा छन् । तर, नियमित रूपमा सम्बन्धन फेरिरहने, कलेजहरू मर्ज हुने र सम्बन्धन खारेज हुने भएकाले एकीकृत तथ्याङ्क पाउन गाह्रो छ ।

यद्यपि विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा संकायमा पढाइ हुन्छ । 

इन्जिनियरिङ अध्ययन संस्थान

हाल यस संस्थानले स्नातक तहमा १२ ओटा इन्जिनियरिङ कार्यक्रम चलाइरहेको छ । ती मध्ये आईटी सम्बन्ध निम्न शैक्षिक कार्यक्रम रहेका छन्:

-कम्प्युटर इन्जिनियरिङ 

-इलेक्ट्रोनिक्स इन्जिनियरिङ 

-इलेक्ट्रिकल इन्जिनियरिङ 

-मेकानिकल इन्जिनियरिङ 

-अटोमोबाइल इन्जिनियरिङ

-जियोमेटिक्स इन्जिनियरिङ  

-एरोस्पेस इन्जिनियरिङ 

यस संस्थानले चलाइरहेको कोर्सहरूबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान

यस संस्थानले वार्षिक र सेमेस्टर दुवै प्रणालीमा आधारित भएर आईटीसँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम चलाइरहेको छ । जसमा निम्न छन्:

-ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी सीएसआईटी)

-ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)

-ब्याचलर इन डेटा साइन्स (बीडीएस)

यस संस्थानको यी कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

त्यस्तै गरी मानविकी तथा सामाजिक शास्त्र संकायले ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए), शिक्षा संकायले ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) चलाइरहेको छ । 

साथै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी), ब्याचलर अफ साइन्स इन मेडिकल इमेजिङ टेक्नोलोजी (बीएससी एमआईटी) ब्याचलर इन पर्फ्युजन टेक्नोलोजीमा (बी पर्फ्युजन टेक) पढाइरहेको छ ।

२. पोखरा विश्वविद्यालय

आईटी विषयका कोर्सहरू सञ्चालन गर्नेमा पोखरा विश्वविद्यालय पनि देशभर नामी छ । यस विश्वविद्यालयले पनि आफ्नो आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमार्फत फरक-फरक आईटी कोर्स सञ्चालन गरिरहेको छ । 

विज्ञान तथा प्रविधि सङ्काय  

अहिले यस संकायले एक दर्जन जति शैक्षिक कार्यक्रम चलाइरहेको छ । ती मध्ये आईटी सम्बद्ध कोर्स निम्न छन्:

-ब्याचलर अफ कम्प्युटर एप्लिकेसन 

-ब्याचलर अफ सफ्टवेयर इन्जिनियरिङ

-ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी 

-ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ 

-ब्याचलर अफ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ 

-ब्याचलर अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ

-ब्याचलर अफ इन्जिनियरिङ इन आईटी

त्यस्तै व्यवस्थापन सङ्कायले ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम, चिकित्सा शास्त्र सङ्कायले  ब्याचलर अफ साइन्स मेडिकल ल्याबोरेटरी टेक्नोलोजी कोर्स चलाइरहेको छ । 

३. पूर्वाञ्चल विश्वविद्यालय

आईटी विषयको अध्ययन अध्यापनमा पूर्वाञ्चल विश्वविद्यालय पनि अगाडि नै छ । विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संकाय र इन्जिनियरिङ सङ्कायले आईटी कोर्स सञ्चालन गरिरहेका छन् ।

इन्जिनियरिङ सङ्काय

-ब्याचलर इन बायोमेडिकल इन्जिनियरिङ -ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ 

-ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ

-ब्याचलर इन इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ

-ब्याचलर इन जियोमेटिक इन्जिनियरिङ 

-ब्याचलर इन आर्किटेक्चर  इन्जिनियरिङ 

विज्ञान तथा प्रविधि सङ्काय  

-ब्याचलर अफ कम्प्युटर एप्लिकेसन 

-ब्याचलर अफ फुड टेक्नोलोजी 

-ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी 

-ब्याचलर अफ डेरी टेक्नोलोजी 

-ब्याचलर अफ फुड टेक्नोलोजी 

-ब्याचलर अफ टेक्नोलोजी इन बायोटेक्नोलोजी 

-ब्याचलर अफ साइन्स इन बायोटेक्नोलोजी 

‍-ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स

-पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन 

त्यस्तै चिकित्साशास्त्र संकायले ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी), शिक्षाशास्त्र संकायले ब्याचलर अफ मिडिया टेक्नोलोजी (बीएमटी) चलाइरहेको छ ।

४. काठमाडौं विश्वविद्यालय 

सम्बन्धनप्राप्त अन्य कलेज नरहेको काठमाडौं विश्वविद्यालयले केन्द्रीय विभाग तथा सहकार्य गरेका कलेजहरूमा विभिन्न आईटी विषयक शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । विश्वविद्यालयका स्कुल अन्तर्गतका विभागहरूमा विभिन्न आईटी कोर्स सञ्चालनमा छन् ।

स्कुल अफ इन्जिनियरिङ 

-ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ 

-ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) 

-ब्याचलर अफ कम्प्युटर साइन्स 

-ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स 

-ब्याचलर अफ इन्जिनियरिङ इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ 

-ब्याचलर अफ इन्जिनियरिङ इन मेकानिकल इन्जिनियरिङ 

-ब्याचलर अफ इन्जिनियरिङ इन जियोमेटिक्स 

-ब्याचलर अफ आर्किटेक्चर

यी कोर्सबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

स्कुल अफ साइन्स 

-ब्याचलर अफ डेटा साइन्स

-बीएससी इन कम्प्युटेस्नल म्याथम्याटिक्स 

-ब्याचलर अफ साइन्स इन बायोइन्फोर्मेटिक्स 

-ब्याचलर अफ टेक्नोलोजी इन बायोटेक्नोलोजी 

यी कोर्सबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

त्यस्तै स्कुल अफ मेडिकल साइन्सेसले ब्याचलर अफ साइन्स इन मेडिकल इमेजिङ टेक्नोलोजी, स्कुल अफ एजुकेसनले ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी कोर्स चलाइरहेका छन् ।

५. मध्यपश्चिम विश्वविद्यालय

यस विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ, स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीले बीएससी सीएसआईटी र बीआईटी चलाइरहेको छ । 

६. सुदूरपश्चिम विश्वविद्यालय

यस विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायले ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ र विज्ञान तथा प्रविधि सङ्कायले बीएससी सीएसआईटी कोर्स सञ्चालन गरिरहेको छ ।

७. अन्य नेपाली विश्वविद्यालय

-मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा ब्याचलर अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढाइ भइरहेको छ । 

-राजर्षि जनक विश्वविद्यालयको विज्ञान, प्रविधित तथा इन्जिनियरिङ सङ्कायले बीएससी सीएसआईटी चलाइरहेको छ ।

-गण्डकी विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी चलाउने गर्छ ।

-लुम्बिनी प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ र आईटी संङ्काय अन्तर्गत बी टेक इन आईटी, बी टेक इन सीएस एन्ड एआई कार्यक्रम सञ्चालन गरिरहेको छ ।

८. विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम

नेपालमा स्थानीय विश्वविद्यालयका अलावा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कलेजले आईटी कोर्स सञ्चालन गरिरहेका छन् । तर, कतिपय कलेजहरूको व्यवस्थापन बदलिरहने, कोर्स तथा सम्बन्धन लिएको विश्वविद्यालय नै परिवर्तन हुने भएकाले स्पष्ट तथ्याङ्क सङ्कलन गर्न गाह्रो छ । 

 

क्र.सं

कलेज

सम्बन्धन

कोर्स

१.

लर्ड बुद्ध एजुकेशन फाउन्डेशन

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन, मलेसिया  

-बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नोलोजी

-बीएससी (अनर्स) इन कम्प्युटर साइन्स

२.

सफ्ट्वेरिका कलेज आईटी एन्ड ईकमर्स

कोभेन्ट्री युनिभर्सिटी, यूके

-बिएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी

-बिएससी (अनर्स) कम्प्युटिङ

-बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्थिफिसियल इन्टेलिजेन्स

३.

इन्टरनेश्नल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी)

-पियर्सन बीटेक एचएन्डडी, यूके

-युनिभर्सिटी अफ सन्डरल्यान्ड

--बीएससी (अनर्स) कम्प्युटर सिस्टम इन्जिनियरिङ

-बीएससी (अनर्स) साबइर सेक्युरिटी एन्ड डिजिटल फोरेन्सिक

४.

इन्स्टिच्युट अफ इन्टरनेश्नल म्यानेजमेन्ट साइन्स

ट्याटर्स युनिभर्सिटी. मलेसिया

-बिएससी (अनर्स) कम्प्युटर साइन्स

५.

इस्लिङटन कलेज

लण्डन मेट्रोपोलिटन युनिभर्सिटी यूके,क्याम्ब्रिज युनिभर्सटी  यूके

-बीएससी (अनर्स) इन कम्प्युटिङ

-बीएससी (अनर्स) इन कम्प्युटिङ विथ एआई

-बीएससी (अनर्स) इन कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी

-बीएससी (अनर्स) इन मल्टी मिडिया टेक्नोलोजी

६.

पद्मश्री इन्टरनेश्नल कलेज

निलाइ युनिभर्सिटी, मलेसिया

ब्याचलर्स अफ इन्फर्मेसन टेक्नोलोजी (अनर्स)

7.

हेराल्ड कलेज

वल्भरह्याम्प्टन युनिभर्सिटी, यूके

-बीएससी (अनर्स) कम्प्युटिङ

-बीएससी (अनर्स) साइबर सेक्युरिटी

८.

इन्फर्मेटिक्स कलेज पोखरा 

लन्डन मेट्रोपोटिलन युनिभर्सिटी

-ब्यालर्स इन इन्फर्मेसन टेक्नवलोजी

९.

केएफए बिजनेस स्कुल

लिङ्कन युनिभर्सिटी

ब्याचलर इन कम्प्युटर साइन्स (अनर्स) 

१०.

पाटन कलेज फर प्रोफेसनल स्टडिज

बेडफोर्डशाइर युनिभर्सिटी, यूके

-बीएससी (अनर्स) इन कम्प्युटर साइन्स एन्ड -बीएससी (अनर्स) इन सफ्टवेयर इन्जिनियरिङ

११.

सनवे कलेज

बर्मिंघम सिटी युनिभर्सिटी, युके

-बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स

१२.

टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी

लिंकन युनिभर्सिटी, मलेसिया

-ब्याचलर अफ कम्प्युटर साइन्स (अनर्स)

नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी

१३.

द ब्रिटिस कलेज

युनिभर्सिटी अफ द वेस्ट इंग्ल्यान्ड, लिड्स मेट्रोपोलिटन युनिभर्सिटी

-बीएससी (अनर्स) कम्प्युटिङ

-बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक

-बीएससी (अनर्स) डेटा साइन्स

-बीएससी (अनर्स) कम्प्युटर साइन्स - एआई

१४. 

नामी कलेज

नर्थह्याम्प्टन विश्वविद्यालय, बेलायत

-बीएससी (अनर्स) कम्प्युटर साइन्स 

१५. 

वेस्टमिन्स्टर कलेज

युनिभर्सिटी अफ वेस्टमिन्स्टर, लन्डन

-बीएससी (अनर्स) कम्प्युटर साइन्स 

-बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक

१६. 

इन्फोम्याक्स कलेज अफ आईटी एन्ड म्यानेजमेन्ट

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन, मलेसिया

-बीएससी (अनर्स) इन्फर्मेसन टेक्नोलोजी

१७.

टेकस्पायर कलेज

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन, मलेसिया

-बीएससी (अनर्स) इन्फर्मेसन टेक्नोलोजी

१८.

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेज (एमआईटी)

इन्टरनेसनल अमेरिकन युनिभर्सिटी, अमेरिका

-ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी

 

 

पछिल्लो अध्यावधिक: साउन १९, २०८१ २२:८