आजदेखि लाइसेन्स अनलाइन सेवा: कुन प्रदेशका लागि कहाँ क्लिक गर्ने ? समस्या परे यसरी गर्नुहोस् गुनासो
साउन १, २०८३ ८:२४
काठमाडौं । यातायात व्यवस्था विभागले आज शुक्रबार (१ साउन) देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ । अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वतः भर्न (अटोफिल) सक्नेछन् । यससँगै लाइसेन्स आवेदन, नवीकरण र राजस्व भुक्तानीका लागि कार्यालय धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।
यद्यपि अनलाइन सेवाका लागि विभागले प्रदेशअनुसार फरकफरक वेब पोर्टलहरू निर्धारण गरेको छ । सम्बन्धित प्रदेशका सेवाग्राहीले सोही अनुसार लिङ्क क्लिक गरेर आवेदन दिन सक्नेछन् ।
प्रदेशअनुसार आवेदन दिने पोर्टलहरू:
-
कोशी प्रदेश: edlvrs.koshi.gov.np
-
मधेस प्रदेश: edlvrs.madhesh.gov.np
-
बागमती प्रदेश: edlvrs.bagamati.gov.np
-
गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np
-
लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np
-
कर्णाली प्रदेश: edlvrs.karnali.gov.np
-
सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np
गुनासो सम्बोधन गर्ने निकाय:
सेवा प्रवाहका क्रममा आउने प्राविधिक समस्या वा गुनासो सम्बोधनका लागि केन्द्रमा विभागको ईमेल [email protected] र सम्पर्क व्यक्ति युकेश चौधरी (९८४८९०६५२८), रेणु आचार्य (९८६१५४९८६८) तथा कार्यालयको टेलिफोन ४५७४९२१ र ४५७४९२२ तोकिएको छ ।
प्रदेशअनुसार गुनासो सम्बोधन गर्ने निकाय:
कोशी प्रदेश: [email protected], मोबाइल नं. ९८४४०१८२५५
मधेश प्रदेश: [email protected], मोबाइल नं. ९८१९७७२१९९
बागमती प्रदेश: [email protected], ०५७-५२६१५८
गण्डकी प्रदेश: [email protected], मोबाइल नं. ९८४४०१८२५५
लुम्बिनी प्रदेश: [email protected], मोबाइल नं. ९८५७०४७७५८
कर्णाली प्रदेश: [email protected], मोबाइल नं. ९८४३५०९७११
सुदूरपश्चिम प्रदेश: [email protected], मोबाइल नं. ९८५८४८०२१२
पछिल्लो अध्यावधिक: साउन १, २०८३ ८:२५
