close

विज्ञापनको भिडि‌ओ बनाइदिने एआई टुल ल्याउँदै अमेजन

टेकपाना टेकपाना

असोज ५, २०८१ १८:४८

विज्ञापनको भिडि‌ओ बनाइदिने एआई टुल ल्याउँदै अमेजन

 

काठमाडौं । विज्ञापनका भिडि‌ओ बनाउन सहयोग गर्ने गरी ईकमर्स कम्पनी अमेजनले नयाँ एआई टुल ल्याउने भएको छ । कम्पनीले एउटा फोटोको आधारमा उक्त उत्पादनको भिडिओ बनाउने टुल ल्याउन लागेको हो ।

यस टुलमा अमेजनका बिक्रेताहरूले पहुँच पाउने बताइएको छ । टुलले भिडिओ, एनिमेसन बनाउन लाग्ने बिक्रेताको रकम बचाउने अनुमान छ । यसमा ‘लाइभ इमेजेज’ र ‘भिडिओ जेनेरेटर’ गरी दुई ओटा टुल हुनेछन् । 

जसमध्ये लाइभ इमेजेज टुल एनिमेटेड जिफ (GIFs) जस्तै हुनेछ । यस टुलले कुनै पनि फोटोमा सामान्य एनिमेसन गरेर गिफ जस्तै बनाइदिन्छ । भिडिओ जेनेरेटर टुलमा भने अलि बढी काम गर्न सकिन्छ । यस टुलबाट प्रोडक्टको विज्ञापन बनाउन प्रयोगकर्ताले सामान्य टेक्स्ट लेखे पुग्छ । 

कम्पनीले चाँडै नै यस एआई टुल उपलब्ध गराउने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८१ १८:४८