काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतको अवसरमा चाडबाड अफर ल्याएको छ । यस अन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा, एसमएमएस तथा एफटीटीएचका प्याकेजहरू असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डेटा/कम्बो प्याकेजहरूमा क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ ।
यो अफर उल्लिखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहने कम्पनीले जनाएको छ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क रु. ५०० मिनाहा गरिएको छ ।
यसैगरी जीएसएम ग्राहकका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डेटा र ५०० अल नेट एसएमएस सुविधा सहितको '७९९ सजिलो अनलिमिटेड प्याकेज' ल्याइएको छ ।
साथै रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको '१००० मिनेट अल नेट भ्वाइस कल' र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको '१००० अन नेट एसएमएस प्याकेज' सञ्चालनमा ल्याइएको छ ।
यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर यी प्याकेज खरिद गर्न सकिनेछ ।