close

निश्चलले दिए 'बेहुली फ्रम मेघौली'का क्लिप सामाजिक सञ्जालमा राख्नेको अकाउन्ट बन्द हुने चेतावनी

टेकपाना टेकपाना

असोज २१, २०८१ १३:१५

निश्चलले दिए 'बेहुली फ्रम मेघौली'का क्लिप सामाजिक सञ्जालमा राख्नेको अकाउन्ट बन्द हुने चेतावनी

काठमाडौं । हलमा प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’का क्लिप सामाजिक सञ्जालमा राख्ने प्रयोगकर्ताको अकाउन्ट बन्द हुने भएको छ । चलचित्रका निर्माता निश्चल बस्नेतले सोमबार एक पोस्ट राख्दै यस्तो चेतावनी दिएका हुन् ।  

“यदि हलमा भिडिओ खिचेर आफ्नो सामाजिक सञ्जालमा (फेसबुक, एक्स (ट्वीटर), इन्स्टाग्राम, टिकटक) मा राख्नु भएको छ भने तपाईंको अकाउन्ट बन्द हुनेछ,” बस्नेतले लेखेका छन् । निर्माता बस्नेतले बौद्धिक सम्पत्ति चोरी नगर्न समेत अनुरोध गरेका छन् । उनले अगाडि लेखेका छन्, “पाइरेसी अपराध हो । आफू पनि बुझौं र अरूलाई पनि बुझाऔं ।”

उनले यसका लागि कानुनी प्रक्रिया अगाडि बढिसकेको जानकारी समेत दिएका छन् । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा चलचित्र 'बेहुली फ्रम मेघौली'का क्लिपहरू छताछुल्ल भइरहेका छन् । हालै मात्र चलचित्र विकास बोर्डले एक सूचना राख्दै त्यसरी हलको क्लिप सामाजिक सञ्जालमा राखे कारबाही गर्ने चेतावनी दिएको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ १३:२२