close

मनसुन सुरु भयो, सुरक्षित राख्नुहोस् आपतकालीन अवस्थामा काम लाग्ने यी नम्बरहरू

टेकपाना टेकपाना

असार ६, २०८२ ९:५

मनसुन सुरु भयो, सुरक्षित राख्नुहोस् आपतकालीन अवस्थामा काम लाग्ने यी नम्बरहरू

काठमाडौँ । देशभर मनसुन सुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक आपतकालीन नम्बर सुरक्षित राख्न आग्रह गरेको छ । मनसुनसँगै बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्ने भएकाले प्राधिकरणले पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै विभिन्न सेवा सम्बन्धी निःशुल्क नम्बर सार्वजनिक गरेको हो ।

विपदमा काम लाग्ने यी नम्बरहरू कण्ठ पारेर वा कतै लेखेर राख्न प्राधिकरणले आग्रह गरेको छ । 

मनसुनको समयमा नागरिकको सुरक्षाका लागि स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई पनि सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । सम्भावित जोखिमको क्षेत्रमा सतर्कता अपनाई पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

प्राधिकरणले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न, आवश्यक सामग्री तयारी अवस्थामा राख्न र कुनै पनि आपतकालीन अवस्था आएमा सो सम्बन्धित नम्बरमा तुरुन्त सम्पर्क गर्न सुझाव दिएको छ।

यस्ता छन् आपतकालीन नम्बरहरू: 

 

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १८:५९