close

हितेन्द्रदेव शाक्यको घोषणाः काठमाडौँका ६ लाख ग्राहकको घरमा स्मार्ट मिटर

टेकपाना टेकपाना

भदौ १, २०८२ १३:१८

हितेन्द्रदेव शाक्यको घोषणाः काठमाडौँका ६ लाख ग्राहकको घरमा स्मार्ट मिटर

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले काठमाडौँका ६ लाख ग्राहकको घरमा पूर्व-जडित मिटरलाई स्मार्ट मिटरले विस्थापित गर्ने बताएका छन् । आइतबार नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसका साथै मुलुकभरका ग्राहको घरमा जडान भएका मिटरलाई पनि क्रमशः स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइने उनको भनाई छ । "परम्परागत तथा खनिज ऊर्जालाई प्रतिस्थापन गर्न गार्हस्थ उपयोग, चार्जिङ स्टेसन, कृषि, उद्योग, पर्यटन क्षेत्रमा विद्युत्‌को खपतमा व्यापक वृद्धि हुनेगरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ," शाक्यले भनेका छन्, "साथै निजी क्षेत्रलाई समेत यस व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिनेछ ।"

प्राधिकरणको सङ्गठनात्मक क्षमता एवं सेवा प्रवाहको दक्षता अभिवृद्धि गर्न प्राधिकरणको आईटी नीति २०८० अनुरूप डिजिटलाइजेसन कार्य अगाडि बढाइने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: भदौ १, २०८२ १३:१८