एनसेल एप प्रयोगकर्तालाई दैनिक १०० एमबी निःशुल्क डेटा, साप्ताहिक ५० जीबीसम्म जित्ने मौका
चैत १८, २०८२ १६:३१
काठमाडौँ । एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेल एप’ मार्फत दैनिक निःशुल्क डेटा र साप्ताहिक पुरस्कार जित्न सकिने नयाँ अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले एनसेल एपको ‘बाई प्याक’ मेनुमा गई दैनिक १०० एमबी डेटा निःशुल्क सक्रिय गर्न सक्नेछन् ।
ग्राहक संलग्नता बढाउन कम्पनीले ‘प्ले एन्ड विन’ अफर समेत ल्याएको छ । जसअन्तर्गत एनसेल एपभित्रका विभिन्न गतिविधिमा सहभागी भई साप्ताहिक रूपमा ५० जीबीसम्म डेटा जित्न सकिने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले एपमा उपलब्ध ‘स्पिन द ह्विल’, ‘म्याथ च्यालेन्ज’, ‘एनसेल रनर’ र ‘स्क्र्याच एन्ड विन’ जस्ता गेम खेलेर अंक संकलन गर्नुपर्ने हुन्छ ।
हप्ताभरि संकलन गरिएको अंकका आधारमा उत्कृष्ट तीन हजार ४१० जना ग्राहकलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । जसमा शीर्ष १० जनाले जनही ५० जीबी डेटा पाउनेछन् ।
त्यसैगरी, ११ देखि ६० स्थानसम्मकाले १० जीबी, ६१ देखि १६० सम्मकाले ५ जीबी, १६१ देखि ४१० सम्मकाले १ जीबी, ४११ देखि ९१० सम्मकाले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकले जनही १०० एमबी डेटा पुरस्कारका रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १६:३९
