close

‘अनर ६००’ सिरिजका दुई स्मार्टफोन नेपाली बजारमा, खरिदमा स्मार्टवाच र इयरबड्स निःशुल्क

टेकपाना टेकपाना

जेठ १५, २०८३ १२:३७

‘अनर ६००’ सिरिजका दुई स्मार्टफोन नेपाली बजारमा, खरिदमा स्मार्टवाच र इयरबड्स निःशुल्क

काठमाडाैँ । स्मार्टफोन ब्राण्ड अनरले ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल नेपाली बजारमा सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा इमेजलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर र एआई फोटो इरेजर टुल पनि रहेको छ । यो फोनमा ७ हजार एमएएच ब्याट्री, ८० वाटको फास्ट चार्जिङ तथा २७ वाटको रिभर्स चार्जिङ सपोर्ट र २५६ जीबी स्टोरेज क्षमता रहेको छ । अनर ६०० को ८ जीबी र्‍याम भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ र १२ जीबी र्‍याम भेरियन्टको मूल्य ८९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

त्यस्तै, ‘अनर ६०० प्रो’ मा स्न्यापड्रागत ८ इलिट (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा पनि इमेजलाई भिडियोमा परिणत गर्ने एआई फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल मुख्य क्यामेरा, ३.५x अप्टिकल जुमसहित ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा सेटअप दिइएको छ ।

अनर ६०० प्रोमा ७,००० एमएएच ब्याट्रीसँगै ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । यसको १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

यता, कम्पनीले अनर ६०० खरिद गर्ने ग्राहकलाई १५ हजार ९९९ रूपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच निःशुल्क दिने भएको छ । त्यस्तै, अनर ६०० प्रो खरिद गर्ने ग्राहकले भने उक्त स्मार्टवाचसँगै १० हजार ९९९ रूपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ पनि निःशुल्क प्राप्त गर्नेछन् । याे अफर सीमित अवधिकाे लागि लागू हुने अनरकाे आधिकारिक वितरक सेलट्रोन नेपालले जानकारी गराएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १२:५९