close

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका ६४९ वटा विद्युतीय गाडी फुकुवा

टेकपाना टेकपाना

असार २, २०८३ २२:१५

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका ६४९ वटा विद्युतीय गाडी फुकुवा

काठमाडाैँ । सशस्त्र प्रहरी बलको नियन्त्रणमा रहेका ६४९ वटा विद्युतीय गाडी फुकुवा गरिएका छन् । सरकारी अनुसन्धान समितिले आयात तथा भन्सार प्रक्रियामा कुनै अनियमितता नभएको निष्कर्ष निकालेपछि गाडीहरू ढुवानीका लागि छाडिएको हो ।

कोरला नाकाबाट जेठ १४ सम्म नेपाल भित्रिएका यी गाडी मुस्ताङको जोमसोम, कोरला, कास्कीको हेम्जा र पर्वतको कुश्मासहित विभिन्न स्थानमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बजेट सार्वजनिक हुनुअघि कर दर परिवर्तनको सूचना चुहावट भएर ठुलो मात्रामा गाडी भित्र्याई अर्बौं रुपैयाँ बराबरको भन्सार छली गरेको आरोप अर्थमन्त्री डा. अर्थमन्त्री स्वर्णिम वाग्ले र बीवाईडी ईभीको नेपालस्थित आयातकर्ता साइमेक्स इंकमाथि लागेकाे थियाे ।

यसपछि अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित छानबिन समितिले गाडीहरू कानुनसम्मत रूपमा आयात र भन्सार जाँचपास भएको पाइएको निष्कर्ष निकालेको थियो । समितिले गाडीहरू भन्सार यार्डमा नपुग्दै क्लियरेन्स भएको र आयातकर्तालाई अनधिकृत लाभ दिइएको भन्ने आरोपलाई खारेज गरेको छ ।

उक्त समितिले कुनै अनियमितता नभेटिएको भने पनि प्रधानमन्त्री कार्यालयले निर्देशन नदिँदा गाडीहरू सशस्त्र प्रहरी बलकै नियन्त्रणमा थिए ।

पछिल्लो अध्यावधिक: असार २, २०८३ २२:१८