close

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, हवाई टिकटदेखि साहसिक गतिविधि ८,००० सम्म छुट

टेकपाना टेकपाना

असार ७, २०८३ १८:५७

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, हवाई टिकटदेखि साहसिक गतिविधि ८,००० सम्म छुट

काठमाडौं । अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभ समेत प्राप्त गर्न सकिने भएको छ । कम्पनीले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँगको साझेदारीमा नयाँ सुविधा ल्याएको हो ।

यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै अब ग्राहकले एनसेल एपबाटै डिजिटल रूपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने छन् ।

यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आबद्ध हुँदा प्राप्त गर्ने बताइएको छ । ग्राहकले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८००० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले ज नाएको छ ।

यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० अनि बस टिकट बुकिङमा १११ रुपैयाँ छुट प्राप्त गर्नेछन् । यी विशेष छुटहरूको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर लिन सकिन्छ ।

यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ । एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध सुविधालाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौं ।"

यो सहकार्य एनसेलको डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढ्ने यात्राको अर्को महत्त्वपूर्ण कदम हो । कम्पनीले एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफरहरू एकीकृत गरिरहेको छ । यसरी परम्परागत दूरसञ्चार सेवाभन्दा फरक लाभहरू प्रदान गर्ने दिशामा समेत कम्पनी लागिरहेको छ ।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटेल, होलिडे प्याकेज र ग्राहकले चाहे बमोजिम तयार पारिएका सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८३ १८:५७