close

जेडटीईको नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो फाइभ जीटी' नेपाली बजारमा, मूल्य ७८ हजार रुपैयाँ

टेकपाना टेकपाना

असार १८, २०८३ ९:३०

जेडटीईको नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो फाइभ जीटी' नेपाली बजारमा, मूल्य ७८ हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा जेडटीई ब्राण्डको ‘नुबिया नियो फाइभ जीटी फाइभजी’ (Nubia Neo 5 GT 5G) सार्वजनिक भएको छ । गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको यस मोडेलमा महँगा फोनमा हुने उत्कृष्ट प्रविधि रहेको कम्पनीको दाबी छ ।

स्मार्टफोनमा १.५के १४४ हर्जको गेमिङ डिस्प्ले, प्रो-लेभल कन्ट्रोलका लागि ५५० हर्जको ‘नियो ट्रिगर्स ५.०’ र बिल्ट-इन कुलिङ फ्यान जडान गरिएको छ । यो फोनभित्र सानो पङ्खा जडान गरिएको छ, जसले डिभाइसलाई चिसो राख्छ ।

यसमा ८० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ६,२१० एमएएचको डुअल-सेल ब्याट्री रहेको छ । 

१२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ७७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोन जगदम्बा मोबाइल्स प्रालिमार्फत नेपालभर उपलब्ध हुनेछ ।

ग्राहक‍ले शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि फोन खरिद गर्न सक्नेछन् ।

यसै महिनाको सुरुमा जेडटीईले नुबिया नियो फाइभ फाइभजी पनि नेपालमा सार्वजनिक गरेको थियो । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ रहेको छ ।

यसमा युनिसक अल्टीमेट ६ एनएम चिपसेट, ६.८ इन्चको १२० हर्ज आईपीएस एलसीडी डिस्प्ले र भिजेको हातले पनि चलाउन मिल्ने ‘म्याजिक टच ३.०’ फिचर रहेको छ ।

गेमिङका लागि यसमा ५५० हर्जको नियो ट्रिगर्स ५.०, मेचा-प्रेरित आरजीबी लाइटिङ र २०,००० वर्ग मिलिमिटरको मल्टि-लेयर कुलिङ सिस्टम रहेको छ । यसमा ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा, १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा र ४५ वाट बाइपास चार्जिङ प्रविधिसहितको ६,०५० एमएएच ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८३ ९:४१