close

आईफोन १८ र १८ई मा आउँदैछ ९ जीबी र्‍याम, प्रो मोडेलमा १२ जीबी

टेकपाना टेकपाना

असार १३, २०८३ १०:५

आईफोन १८ र १८ई मा आउँदैछ ९ जीबी र्‍याम, प्रो मोडेलमा १२ जीबी

काठमाडौँ । एप्पलले आफ्नो आगामी आईफोन १८ सिरिजमा र्‍यामको क्षमता बढाउने भएको छ । चर्चित विश्लेषक मिङ-ची कुओका अनुसार, कम्पनीले विशेषगरी एप्पल इन्टेलिजेन्स (एआई वर्कलोड) लाई थप सहज र छिटो बनाउन हार्डवेयरमा महत्त्वपूर्ण परिवर्तन गर्न लागेको हो । 

यसअनुसार लो-इन्ड आईफोन मोडेलहरू (आईफोन १८ र १८ई) मा ९ जीबीको र्‍याम रहनेछ । यो हालको आईफोन १७ सिरिज (८ जीबी) को तुलनामा १ जीबी बढी हो । 

प्राविधिक रूपमा एप्पलले यसमा १.५ जीबीका ६ वटा 'डाइज' प्रयोग गरेर ९ जीबीको कन्फिगरेसन तयार पार्नेछ । यी मोडेलहरूमा एप्पलको नयाँ ‘ए२०’ (A२०) चिपसेट प्रयोग गरिनेछ । 

यस्तै, एप्पलका उच्च क्षमताका मोडेलहरूमा पनि ठुलो सुधार देखिने भएको छ  छ । रिपोर्टका अनुसार आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन अल्ट्रा मोडेलहरूमा १२ जीबीको र्‍याम रहनेछ । यसका लागि १.५ जीबीका ८ वटा ‘डाइज’ प्रयोग गरिनेछ । यी हाई-इन्ड मोडेलहरूमा शक्तिशाली ए२० प्रो (A२० Pro) चिपसेट रहने बताइएको छ । साथै, एप्पलले भविष्यमा ल्याउने फोल्डेबल आईफोनमा समेत १२ जीबी र्‍यामकै प्रयोग गर्ने संकेत मिलेको छ । 

एप्पलले आईफोनमा र्‍याम बढाउनुको मुख्य कारण एप्पल इन्टेलिजेन्स अर्थात् एआईका कामलाई सिस्टममा कुनै अवरोध बिना चलाउनु हो । एआईका जटिल कार्यहरूका लागि धेरै मेमोरी आवश्यक पर्ने भएकाले एप्पलले आफ्ना आगामी स्मार्टफोनहरूलाई सोही अनुरूप तयार पारिरहेको छ । 

आईफोन १८ र १८ई मा ९ जीबी र्‍यामको प्रयोगलाई बजारमा एक अनौठो तर स्वागतयोग्य कदमका रूपमा हेरिएको छ । 

एप्पलले आफ्ना प्रो मोडेल र साधारण मोडेलहरू बीचको कार्यक्षमतामा सन्तुलन मिलाउन र प्रयोगकर्तालाई उत्कृष्ट एआई अनुभव दिन यो नयाँ हार्डवेयर रणनीति अपनाएको देखिन्छ 

आईफोन १८ प्रो सिरिज यसै वर्षको सेप्टेम्बरमा र बेसिक मोडेलहरू २०२७ को मार्च-अप्रिलतिर सार्वजनिक हुने अनुमान छ ।

 

पछिल्लो अध्यावधिक: असार १३, २०८३ १०:५