close

एसरको ‘नाईट्रो भी १६एस एआई’ गेमिङ ल्यापटप नेपाली बजारमा, मूल्य २ लाख ७० हजार

टेकपाना टेकपाना

असार ३१, २०८३ १०:४४

एसरको ‘नाईट्रो भी १६एस एआई’ गेमिङ ल्यापटप नेपाली बजारमा, मूल्य २ लाख ७० हजार

काठमाडौं । एसरले ‘रेजेन ५ २४०’ (Ryzen 5 240) प्रोसेसर र एनभिडिया ‘जीफोर्स आरटीएक्स ५०५०’ (GeForce RTX 5050) ग्राफिक्ससहितको ‘एसर नाईट्रो भी १६एस एआई’ (Acer Nitro V 16S AI) गेमिङ ल्यापटप नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । एसरका उत्पादनहरूको नेपालका लागि आधिकारिक वितरक म्याक्स इन्टरनेसनल मार्फत यो नयाँ Nitro V 16S AI गेमिङ ल्यापटप नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको हो । 

किफायती मूल्यमा उत्कृष्ट प्रदर्शन दिने मिड-रेन्ज गेमिङ ल्यापटपका रूपमा Acer Nitro V 16S AI लाई प्रस्तुत गरिएको कम्पनीले जानकारी गराएको छ । यसमा एएमडीको नवीनतम एआई-सक्षम Ryzen प्रोसेसर र एनभिडिया GeForce RTX 50 सिरिज ग्राफिक्सलाई स्लिम र आधुनिक डिजाइनमा संयोजन गरिएको छ । यसमा १६ जीबी DDR5 र्‍याम र ५१२ जीबी NVMe SSD स्टोरेज रहेको छ । जसले मल्टिटास्किङ, एप्लिकेसन लोडिङमा छिटोपन तथा दैनिक कम्प्युटिङ कार्य सहज र द्रुत बनाउने कम्पनीकाे दाबी छ । 

Nitro V 16S AI मा १६ इन्चको WUXGA (१९२० × १२००) IPS डिस्प्ले दिइएको छ, जसले १८० हर्ज रिफ्रेस रेट मार्फत गेमिङ र कन्टेन्ट हेर्दा अझ स्मुथ दृश्य अनुभव प्रदान गर्छ । ग्राफिक्सका लागि यसमा ८ जीबी GDDR7 मेमोरीसहितको NVIDIA GeForce RTX 5050 GPU समावेश गरिएको छ । यसले आधुनिक गेम, GPU-एक्सेलेरेटेड एप्लिकेसन तथा एआई-सक्षम फिचरहरू सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो नयाँ मोडेल गेमिङसँगै उत्पादकत्व र सिर्जनात्मक कार्यसमेत सहज रूपमा गर्न सक्ने मिड-रेन्ज ल्यापटप खोजिरहेका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो । यो ल्यापटप विद्यार्थी, गेमर, कन्टेन्ट क्रियटर, प्रोग्रामर तथा विभिन्न पेशामा कार्यरत प्रयोगकर्ताको काम र मनोरञ्जन दुवै आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

Ryzen 5 240 प्रोसेसर र RTX 5050 ग्राफिक्सको संयोजनले यसलाई १०८०p गेमिङ, फोटो तथा भिडियो एडिटिङ, ग्राफिक डिजाइन, प्रोग्रामिङ, कन्टेन्ट क्रियशन, लाइभ स्ट्रिमिङ तथा दैनिक मल्टिटास्किङका लागि उपयुक्त बनाएको कम्पनीको दाबी छ । साथै, १८० हर्ज रिफ्रेस रेट भएको डिस्प्लेले प्रतिस्पर्धात्मक गेमिङ र मल्टिमिडिया कन्टेन्ट हेर्दा अझ सहज र स्मुथ अनुभव प्रदान गर्ने बताइएको छ ।

यो ल्यापटपमा Windows 11 अपरेटिङ सिस्टमसहित उपलब्ध छ भने कम्पनीले दुई वर्षको आधिकारिक वारेन्टी पनि प्रदान गरेको छ । नेपालमा Acer Nitro V 16S AI को मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ तोकिएको छ । यो ल्यापटप अनलाइन आईटी, म्याक्स आईटी र आईटी ग्लोबललगायत एसरका आधिकारिक बिक्रेता मार्फत आधिकारिक वारेन्टी र बिक्रीपछिको सेवा (After-sales Support) सहित खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८३ १०:५०