close

आगामी २१ र २२ नोभेम्बरमा नेपालका अग्रणी आईटी कम्पनी र स्टार्टअपहरूको प्रविधि प्रदर्शनी हुँदै

टेकपाना टेकपाना

साउन ७, २०८३ २०:२८

आगामी २१ र २२ नोभेम्बरमा नेपालका अग्रणी आईटी कम्पनी र स्टार्टअपहरूको प्रविधि प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी २१ र २२ नोभेम्बरमा नास-आईटी एक्स्पो आयोजना गर्ने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा हुने एक्स्पोमा नेपालका अग्रणी आईटी कम्पनीहरू तथा नवप्रवर्तनशील स्टार्टअपहरूको प्रविधि प्रदर्शनी हुनेछ ।

साथै, व्यवसायका वास्तविक चुनौतीहरू समाधान गर्ने उत्पादन तथा प्रविधि समाधानहरूको प्रदर्शन पनि हुनेछ । यसका साथै, यो एक्सपोमा प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबीच नेटवर्किङ तथा सहकार्यका अवसर, डिजिटल रूपान्तरण, एआई, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिहरू सम्बन्धी ज्ञानमूलक सत्र र नयाँ साझेदारी, व्यापारिक अवसर तथा नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर पनि रहने नास-आईटीले जानकारी गराएको छ ।

यसबाट नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।

एक्सपोले नेपालको बढ्दो प्रविधि क्षमतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आईटी समाधानहरूको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । साथै, प्रविधि कम्पनीहरू र विभिन्न व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्दै नवप्रवर्तन, ज्ञान आदानप्रदान तथा नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८३ २०:२८