close

एन्ड्रोइडका उत्कृष्ट दश वालपेपर एप

टेकपाना टेकपाना

फागुन ७, २०७६ १७:०

एन्ड्रोइडका उत्कृष्ट दश वालपेपर एप

एन्ड्रोइड डिभाइसका लागि राम्रो वालपेपर र ब्याकग्राउण्ड पाउनु त्यति गाह्रो कुरा होइन । धेरै संख्यामा एप्सहरु छन्, जसले यो काम गर्न सक्छ । गुगल इमेजमा भएका सर्च अप्सनले पनि तपाईको यो काम गरिदिनसक्छ । 

ब्याकग्राउण्ड नै उपलब्ध गराउन विभिन्न एपहरु छन् । अफिसियल नासाको एपले पनि उत्कृष्ट अन्तरिक्षका वालपेपर उपलब्ध गराउन सक्छ । 

१. एब्स्ट्र्क्ट  

एब्स्ट्रक्ट नयाँ वालपेपर एप्स हो । यसका सम्पूर्ण वालपेपरहरु हाम्पस ओल्सनले डिजाइन गरेको हो । यही कम्पनीले वानप्लस फोनको सम्पूर्ण वाल पेपरहरु पनि डिजाइन गरेको हो । यो एपमा विभिन्न रंगका विभिन्न एब्स्ट्रक्ट वालपेपरहरु पाउन सकिन्छ ।

यो एप्समा तीन सय जति ब्याकग्राउण्डहरु छन्, जसमा फोरके रेजोलुसन रहेको छ । यो एपबाट वान प्लस डिभाइसका सबै वालपेपरहरु सित्तैमा पाउन सकिन्छ । यसको प्रिमियम भर्सनको मूल्य १.९९ डलर रहेको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

२. रेडिट 

रेडिट एउटा एकदमै राम्रो वालपेपर एप हो । रेडिटको सबरेडिटमा धेरै रेजोलुसनमा रेडिट प्रयोगकर्ताहरुले तस्विरहरु इम्गरमा राख्ने गर्छन् । यसले इम्गरलाई वालपेपरका लागि एउटा राम्रो एप बनाएको छ । आधारभूत रेडिट अकाउन्ट फ्री छन् ।

रेडिट गोल्डमा थप फिचरहरु पाउन सकिन्छ । सामसङको पञ्च होल भए जस्तो निश्चित स्क्रिन स्टाइल भएको डिभाइसका लागि पनि अप्सनहरु रहेका छन् । यसका लागि प्रतिवर्ष २९.९९ डलर भुक्तानी गर्नुपपर्ने हुन्छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. रेस्प्लास 

रेस्प्लास एउटा नयाँ वालपेपर एप हो । फोटोग्राफी वालपेपरको यो ठूलो स्रोत पनि हो । यो एपले हालसम्म एक लाख वालपेपरहरु बुस्ट गरिसकेको छ भने दैनिक नयाँ वालपेपर थप गर्नेगरेको छ । यूआई प्रयोग गर्न सिम्पल र डिसेन्ट छ ।

यसमा भएको फोटोग्राफहरु हाई रेजोलुसनमा रहेका छन् । यसमा केही लाइट कस्टमाइजेसन फिचर पनि रहेको छ । जस्तै डार्क मोड र विभिन्न लेआउट अप्सन आदी । यो एपले समग्रमा राम्रो वालपेपरको अनुभव दिन्छ । यो १०. ९९ डलरमा उपलब्ध छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. स्फेरा

स्फेरा एउटा युनिक वालपेपर एप हो । यसबाट म्यापको सेग्मेन्ट लिएर होमस्क्रिनमा फिट गर्न सकिन्छ । साथै कलराइज पनि गर्न सकिन्छ । यो एपबाट तपाईले वाल पेपरका लागि आफ्नो शहर वा क्षेत्रको म्याप पनि प्रयोग गर्न सक्नुहुन्छ । यो एपमा ३० लोकेसनको म्याप छ, जसबाट तपाईले एउटा छान्न सक्नुहुन्छ ।

प्रत्येक वालपेपरमा फोरके रेजोलुसन रहेको छ । यसबाट तपाईले आफूलाई मन परेको कलरमा परिवर्तन गर्न सक्नुहुन्छ । यसमा एएमओएलईडी ब्ल्याक अप्सन पनि रहेको छ । यसमा भएको हालैको अपडेटमा लाइभ वालपेपर पनि थप गरिएको छ । यो ०.९९ डलरमा उपलब्ध छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. ट्यापेट 

ट्यापेट एउटा युनिक वालपेपर एप हो । यसमा रोजाइको लागि विकल्प हुन्न । तर यसमा रंग र डिजाइन च्वाइज गर्न सकिन्छ । यो एपले तपाईको रोजाइ अनुसार वालपेपर बनाउन सक्छ । यसबाट आफूले चाहे अनुसारको राम्रो, मिनिमल वालपेपर बनाउन सकिन्छ ।

यसअलावा यसमा म्युजी सपोर्ट पनि छ, एउटा डाउनलोड फंसन पनि छ । यो एपले आफ्नो क्वालिटी सेटिङको लागि डिभाइसको स्क्रिन रेजोलुसन प्रयोग गर्छ । यसका लागि प्रयोगकर्ताले १९.९९ डलर तिर्नुपर्छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. भेक्टोरिफाई डा होम 

भेक्टोरिफाई डा होम अर्को नयाँ वालपेपर एप हो । यसले सफा तथा रंगिन वालपेपरहरुको लागि भेक्टर ग्राफिक्स प्रयोग गर्छ । यसमा तपाईले रंग, स्टाइल, स्किम चयन गर्न सक्नुहुन्छ र यो एपले तपाईंको लागि वालपेपर सिर्जना गर्छ ।

यसको वालपेपरमा हाई रेजोलुसन रहेको छ, त्यसमा फन लिटल डिजाइन पनि रहेकाे छ । यसको प्रक्रिया सजिलो छ र यसमा थोरै कस्टमाइजेसन पनि छ । भिविङ प्लेजरका लागि यसमा लाइट र डार्क मोड दुबै छ । यो पूर्ण रुपमा निःशूल्क छ र यो एकदमै उत्कृष्ट वालपेपर एप हो ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

७. वालपेपर्स

वालपेपर्स वालपेपरका लागि एउटा राम्रो एप हो । यो सानो छ तर यसमा राम्रा वालपेपरहरु राखिएका छन् । यो एपमा अन्य फिचरहरु पनि छन् । यसमा छुट्टै लक स्क्रिन र होम स्क्रिन वालपेपर पनि रहेका छन् ।

दैनिक नयाँ वालपेपरका लागि यसमा अटो सेट फंसन पनि रहेको छ । यो एपमा केही बग छ । यसअलावा यसमा ठूलो कलेक्सन छैन । यसमा केही हाई क्वालिटी सामग्री रहेका छन् । यो पूर्णरुपमा निःशूल्क छ भने यसमा कुनै विज्ञापनहरु पनि छैनन् । यो निःशूल्क उपलब्ध छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. वाल्ली 

वाल्ली अर्को राम्रो वालपेपर एप हो ।  विभिन्न स्वतन्त्र आर्टिस्टहरुको उत्कृष्ट फोटो तथा ग्राफिक्सहरु यसमा पाउन सकिन्छ । वर्ल्ड ब्याकग्राउण्ड, एब्सट्र्याक्ट स्टफ, फेन्टेसी थिमहरु तथा मानिसहरु जस्ता वालपेपर यसमा छन् ।

यो एपमा साधारण लेआउट, सजिलो ब्राउजिङका लागि क्याटागोरीहरु र धेरै विषयहरु समावेश गरिएको छ । यसमा धेरै युनिक स्टफहरु पाउन सकिन्छ, जून अरु एपमा पाउन सकिदैन । आर्टिस्टहरुलाई सपोर्ट गर्न एपमा पैसा भुक्तानी गर्न सकिन्छ । तर यो एप भने निःशूल्क उपलब्ध छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

९. वाआईपी 

वाआईपी रमाइला वालपेपरको एप हो । यसमा धेरै ठूलो वालपेपरको संग्रह छ । यसले सामसङ, सोनी, स्टक एन्ड्रोइड, ओप्पो र करिब अन्य दुई दर्जन ब्राण्डबाट कलेक्सन तयार पारेको छ । यसमा तपाईंले साधारण तरिकाले एप खोल्ने, सर्फ गर्ने र चाहेको वालपेपर फैला पार्न सक्नुहुन्छ ।

यो एपमा हेराइको छनौंटको रुपमा लाइट र डार्क थिम पनि रहेको छ । जसमा ब्लर र सेच्युरेसन फिल्टर पनि रहेको छ । यदि तपाईं दैनिक केही फरक चाहनुहुन्छ भने अटो चार्जर छ । यो निःशूल्क उपलब्ध छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१०. वाल्पी 

वाल्पी अर्को नयाँ वालपेपर एप हो । यसमा हाई रेजोलुसन सहितका धेरै उत्कृष्ट वालपेपरहरु रहेका छन् । यो एपले तपाईंको वालपेपरलाई दिनमा धेरै पटक परिवर्तन गरिदिन्छ । तर यसले समयको आधारमा तपाईंको वालपेपरलाई परिवर्तन गर्दैन ।

यसले वाईफाईको पहुँचमा आउँदा मात्र यस्तो काम गर्छ । वाल्पीमा फोटोग्राफी वालपेपर हुने हुँदा यसमा एब्स्ट्र्याक्ट वालपेपरहरु खासै हुँदैनन् । यसमा केही सेलेक्सनहरु छन् । यसका लागि १.९९ डलर रकम तिर्नुपर्ने हुन्छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

११. बोनसः गुगल सर्च 

सबैभन्दा सजिलो वालपेपर एप त सम्भवतः गुगल सर्च नै हो । यसबाट तपाईले आफूले चाहेको वालपेपर सजिलै खोज्न सक्नुहुन्छ । यसबाट तपाईंले क्रिएटिभ वालपेपर त पाउन हुनेछैन । तर आफूले चाहेको भने पाउन सक्नुहुन्छ ।

गुगल सर्चले अन्य वालपेपर एपले जसरी धेरै कुरा फिल्टर गर्न सक्दैन । यदि तपाईंसँग कुनै वालपेपर एप छैन भने तपाईंले निःशूल्क रुपमा यसको प्रयोग गरेर वालपेपरका लागि फोटोहरु निकाल्न सक्नुहुन्छ । 

हाईडे होल 

हाईडे होल एउटा वालपेपर एप हो । विशेषगरी यो एपका वालपेपरहरु सामसङ ग्यालेक्सी एस टेन, एस टेन प्लस र एस टेन ई डिभाइसहरुमा प्रयोग भएका छन् । यसले वालपेपरहरु सबरेडिटबाट निकाल्छ ।

यसमा भएका वालपेपरहरु डिस्प्लेमा भएका कटआउट क्यामेराका लागि डिजाइन भएका छन् । यसमा सिंगल र डबल कटआउट क्यामेराकै लागि वालपेपर डिजाइन भएको छ । एपबाट सिधै अप्लाई भएको वालपेपरलाई हल्का अल्टर गर्न सकिन्छ । यो पनि निःशूल्क उपलब्ध छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१