close

अनलाइनबाटै घरघरमा खाद्यान्न पुर्‍याउँदै निम्बस

टेकपाना टेकपाना

चैत ९, २०७६ १०:३८

अनलाइनबाटै घरघरमा खाद्यान्न पुर्‍याउँदै निम्बस

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) को महामारी फैलिँदै गएको अवस्थामा निम्बस ग्रुपले अनलाइनबाटै खाद्यान्न पुर्‍याउन थालेको छ । कोरोना भाइरसको संक्रमण रोक्ने सतर्कता अपनाउन सरकारले नागरिकलाई घरमै क्वारेन्टानमा बस्न अनुरोध गरेको अवस्थामा निम्बसले अनलाइन सेवा सुरु गरेको हो ।

निम्बसले आफ्नो ब्रान्डका दाल, आटा, चिउरा, तेल, अचार लगायतका सामान अनलाइनमा आएको अर्डरका आधारमा डेलिभरी दिने जानकारी दिएको छ । यसका लागि ग्राहकले कम्पनीको वेबसाइट बाट अर्डर लिन सक्नेछन ।

यसरी अनलाइनबाट सामान पुर्‍याउँदा निम्बसले आफ्ना कर्मचारीलाई सम्पुर्ण सावधानी र सतर्कता अपनाइएको कम्पनीले जनाएको छ । कर्मचारीलाई कोरोना भाइरसबारे सचेतनाका लागि आवश्यक तालिम दिएर डेलिभरीको काममा लगाइएको कम्पनीले जानकारी दिएको छ ।

निम्बस बजारबाट अर्डर गर्दा ग्राहकले काठमाडौं भित्र २ हजार रुपैयाँभन्दा माथीको अर्डरमा नि:शुल्क डेलिभरी पाउनेछन् । त्योभन्दा कम रकमको अर्डरमा २ सय रुपैयाँ डेलिभरी शूल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६