close

यस्तो छ, नयाँ आईप्याड प्रोको मूल्य सूची

टेकपाना टेकपाना

चैत १०, २०७६ १३:३२

यस्तो छ, नयाँ आईप्याड प्रोको मूल्य सूची

एजेन्सी । गत बिहीबार एप्पलले आफ्नो नयाँ आईप्याड प्रो सार्वजनिक गर्‍यो । एप्पलले सार्वजनिक गरेको उक्त आईप्याड एकदमै अत्याधुनिक छ । 

तर मूल्यको आधारमा भने यो एकदमै महंगो छ । ११ इञ्च र १२.९ इञ्चको आकारमा रहेको यो आईप्याडको आधारभूत मूल्य नै क्रमशः ७९९ डलर र ९९९ डलर रहेको छ । 

यी दुबै आईप्याडमा १२८ जीबीको स्टोरेज र वाइफाई कनेक्टिभिटी रहेको छ । हाल विभिन्न फिचर तथा भेरियन्टमा उपलब्ध यो आईप्याड प्रोको मूल्य सूची यस्तो छः 

११ इञ्चको वाईफाई कनेक्टिभिटी सहितको आईप्याड प्रो भेरियन्टको मूल्यः

  • १२८ जीबी स्टोरेजको ७९९ डलर 
  • २५६ जीबी स्टोरेजको ८९९ डलर
  • ५१२ जीबी स्टोरेजको १, ०९९ डलर
  • १ टीबी स्टोरेजको लागि १,२९९ डलर

१२.९ इञ्चको वाईफाई सहितको आईप्याड प्रो भेरियन्टका मूल्यः

  • १२८ जीबी स्टोरेजको ९९९ डलर
  • २५६ जीबी स्टोरेजको १,०९९ डलर
  • ५१२ जीबी स्टोरेजको १, २९९ डलर
  • १ टीबी स्टोरेजको १, ४९९ डलर 

११ इञ्चको वाईफाई र सेलुलर आईप्याड प्रो भेरियन्टको मूल्यः 

  • १२८ जीबी स्टोरेजः ९४९ डलर
  • २५६ जीबी स्टोरेजः १,०४९ डलर
  • ५१२ जीबी स्टोरेजः १२४९ डलर
  • १ टीबी स्टोरेजः १ ४४९ डलर 

१२.९ इञ्चको वाईफाई र सेलुलर आईप्याड प्रो भेरियन्टको मूल्यः

  • १२८ जीबी स्टोरेजः १, १४९ डलर
  • २५६ जीबी स्टोरेजः १, २४९ डलर
  • ५१२ जीबी स्टोरेजः १, ४४९ डलर
  • १ टीबी स्टोरेजः १,६४९ डलर

यस्तै यो आईप्याडका लागि आवश्यक एप्पल पेन्सिलको मूल्य १२९ डलर रहेको छ । यस्तै ११ इञ्च भेरियन्टका लागि २९९ डलरको किबोर्ड उपब्ध छ । १२.९ इञ्चको आईप्याड प्रोका लागि ३४९ डलर रहेको छ । 

मार्च २०२० मा अपडेट गरिएका यी दुई साइज भेरियन्टका आईप्याडमा फास्टर एट्वेल्भ जेड बायोनिक चिप रहेको छ । यस्तै पुरानो १२ मेगापिक्सेल क्यामेरालाई कम्प्लिमेन्ट गर्ने नयाँ १० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ । 

अग्मेन्टेड रियालिटी र यसको अनुभवलाई परिस्कृत गर्न यसमा ली डीएआर डेप्थ स्क्यानर रहेको छ । यसमा एज टु एज डिस्प्ले छ जसकारण कुनै होम बटन दिइएको छैन । यो अहिले सिल्भर र स्पेस ग्रे रंगहरुमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६