close

अब ह्वाट्सएपमा ८ जनासम्मको ग्रुप भिडियो कल

टेकपाना टेकपाना

बैशाख ९, २०७७ १७:१८

अब ह्वाट्सएपमा ८ जनासम्मको ग्रुप भिडियो कल

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले आफ्नो ग्रुप भिडियो कलमा सहभागीहरुको संख्या बढाएको छ । ह्वाट्सएपको एन्ड्रोइड र आईओएस दुबैमा नयाँ बेटा भर्सन उपलब्ध छ । यो नयाँ बेटा भर्सनमा एउटै भिडियो वा भ्वाइस कलमा अब आठ जनासम्म जोडिन सक्छन् । 

फेसबुकको स्वामित्व रहेको ह्वाट्सएपले भर्खरै मात्र यो नयाँ फिचरको परीक्षण गरेको थियो । तर हालका लागि यो नयाँ फिचर बेटा भर्सनमा मात्र उपलब्ध हुनेछ । तर परीक्षण पछि कम्पनीले यो फिचर सबै आईओएस र एन्ड्रोइड प्रयोगकर्ताक लागि दिनेछ । 

यो एन्ड्रोइड बेटा भर्सन २.२०.१३२ र आईओएस बेटा एप भर्सन २.२०.५०.२५ मा उपलब्ध छ । भिडियो कलमा सहभागीको संख्या थप गर्दै ह्वाट्सएप भिडियो कलिङ एप्स जूम र गूगल मिटसँग प्रतिस्पर्धामा उत्रिन चाहिरहेको देखिन्छ । 

 ह्वाट्सएपले भिडियो कलिङ फिचर २०१८ को अन्त्य तिर सार्वजनिक गरेको हो । तर ह्वाट्सएपको ग्रुप भिडियो कलिङमा चारजनाभन्दा धेरै अटाउन सक्ने क्षमता नहुँदा यसले प्रयोगकर्ताहरुलाई अन्य विकल्पको खोजी गर्न बाध्य बनाएको थियो । ह्वाट्सएपको नयाँ फिचर अहिले बेटा प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४