close

एनसेलमा ब्यालेन्स नभएपनि कल, एसएमएस र डेटा, स्टे होम प्याक १० दिनसम्म

टेकपाना टेकपाना

बैशाख ९, २०७७ २०:१७

एनसेलमा ब्यालेन्स नभएपनि कल, एसएमएस र डेटा, स्टे होम प्याक १० दिनसम्म

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहन पाउने भएका छन् । कम्पनीका प्रयोगकर्ताले भ्वाइस, डेटा र एसएमएस सहितको बण्डल प्याक प्रयोग गरी त्यसको शूल्क वापतको पाँच रुपैयाँ पछि तिर्न सक्नेछन् ।

कोरोनाभाइरसले मिम्त्याएको विपद्को समयमा कम्पनीले आफ्ना ग्राहकमा सेवाको सुनिश्चितता गर्न यो अफर सार्वजनिक गरेको हो । एनसेलका प्रिपेड प्रयोगकर्ताले शुक्रबारदेखि यो आकर्षक प्याक प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत कम्पनीका ग्राहकले केवल पाँच रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल प्याकबाट लाभ उठाउन सक्नेछन् ।

शून्य ब्यालेन्स भएका वा पाँच रुपैयाँभन्दा कम ब्यालेन्स भएका ग्राहकले पछि शूल्क तिर्ने गरी यो प्याक सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ । विपद्को घडिमा ब्यालेन्स रिचार्जमा कठिनाई भोग्दै सेवाको पहुँचबाट बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै एनसेलले यो सुविधा उपलब्ध गराएको हो ।

लकडाउन शुरु भएपश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहक यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजेदेखि अर्को दिनको बिहान ९ बजेसम्म प्रयोग गर्न सक्नेछन् । प्राप्त सेवा ७ दिनको लागि मान्य हुने बताइएको छ ।

विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स ५ भन्दा कम भएका र एक महिनादेखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्नेछन् ।

यो प्याक सुचारु गर्न *९९८८*५५# वा *९९८८# डायल गर्नुपर्ने हुन्छ । आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि यो प्याकको शूल्क स्वतः काटिने छ । तर यसमा थप कुनै शूल्क शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

यसका साथै एनसेलले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन कायम गरेको छ । कम्पनीका ग्राहकले १५ जीबीको यो डेटा प्याक केवल २९३.६९ रुपैयाँमा सुचारु गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३