close

सूचना प्रविधि क्षेत्रका महिलालाई ‘वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्दै एनसेल

टेकपाना टेकपाना

पुस ४, २०८० १९:४०

सूचना प्रविधि क्षेत्रका महिलालाई ‘वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्दै एनसेल

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने महिलालाई अवार्ड प्रदान गर्ने भएको छ ।  कम्पनीले यस क्षेत्रका महिलाहरूलाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको हो । 

यो वर्ष यस विधाको अवार्डका लागि कूल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरूबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याइएको योगदानका आधारमा तीन चरणको मूल्याङ्कन पश्चात् अवार्डका लागि अन्तिम सात जना महिला छनोटमा परेका छन् ।

आउँदो शुक्रवार काठमाडौं स्थित सोल्टी होटेलमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने छ ।

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आईसीटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन (डीईआई) नीति अनुरूप एनसेलले आईसीटी अवार्डमा आबद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । यो पुरस्कारको राशि नगद तीन लाख रुपैयाँ रहेको छ ।

गत वर्ष शिला कंसाकार कार्कीलाई यो अवार्ड प्रदान गरिएको थियो । 

 

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १९:४०