close

अब फेला पारेको मोबाइल बिक्री गरे कारबाही हुने

टेकपाना टेकपाना

असार ३१, २०७७ १५:१९

अब फेला पारेको मोबाइल बिक्री गरे कारबाही हुने

काठमाडौं । अब कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि काराबाही हुने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । 

हराएको फोनलाई मोबाइल ट्रयाकिङ प्रविधिबाट सजिलै ट्रयाक गर्न सकिने हुँदा भेटिएको मोबाइल फोन सेट सम्बन्धित व्यक्ति, प्रहरी कार्यालय वा प्राधिकरणमा फिर्ता  गर्न नियामकले सूचित गरेको छ । 

साथै मोबाइल फोन हराउने व्यक्तिले यहाँ क्लिक प्राधिकरणमा जानकारी दिन सक्नेछने । नेपालमा वैधानिक रुपमा भित्रिएका सम्पूर्ण मोबाइल फोनको आईएमईआई, ईएसएन र एमईआईडी नम्बर प्राधिकरणमा रहने हुँदा हराएका वा चोरी भएका फोनहरुलाई प्राधिकरणले सजिलै ट्रयाक गर्न सक्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३