close

बगभी प्लेटफर्ममा जोडियो मेरो जब डटकम, एउटा बग पत्ता लगाउँदा ३० हजारसम्म कमाउन सकिने

टेकपाना टेकपाना

जेठ ११, २०७८ १४:१५

बगभी प्लेटफर्ममा जोडियो मेरो जब डटकम, एउटा बग पत्ता लगाउँदा ३० हजारसम्म कमाउन सकिने

काठमाडौं । साइबर सुरक्षा सेवालाई सस्तो र सर्वसुलभ बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक विकास भएको बग बाउन्टी प्लेटफर्म बगभीमा मेरो जब डटकम जोडिएको छ । यो प्लेटफर्ममा रहेर साइबर सुरक्षा अनुसन्धानकर्मीहरूले मेरो जबको सिस्टमको परीक्षण गर्नेछन् ।

यो अवसरमा मेरो जबले हरेक भल्नरेबिलिटी पत्ता लगाए बापत सुरक्षा अनुसन्धानकर्मीलाई १० देखि ३०० डलरसम्म रिवार्ड प्रदान गर्ने भएको छ ।

हालसम्म बगभीमा १५ भन्दा बढी विभिन्न कम्पनी आवद्ध भइसकेका छन् । ‘मेरो जब डटकम बगभीमा आवद्ध भएको ठूलो अर्गनाइजेशन हो । अन्य कम्पनीहरु पनि आउने क्रम जारी छ,’ बगभीका संस्थापक नरेश लाम्गादेले भने ।

बगभी प्लेटफर्ममा हाल विश्वभरबाट ३ हजार बढी साइबर सुरक्षा विज्ञ र पेनिट्रेसन टेस्टर जोडिएकाे उनले जानकारी दिए । ‘बगभी निःशुल्क प्लेटफर्म हो,’ उनले भने, ‘यसमा जुनसुकै कम्पनी ज्वाइन हुन सक्छन् ।’

याे प्लेटफर्ममा रहेर विश्वभरका इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्मीले विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन र त्यसबापत रिवार्ड प्राप्त गर्न सक्छन् ।

कम्पनीहरुले आफ्नो सफ्टवेयर सिस्टमको टेस्टिङका लागि नभएर बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले बगभीकाे सेवा सस्तो मूल्यमै उपलब्ध हुने लाम्गादेले बताए ।

‘कुनै प्लेटफर्ममा बग फेला पारेको खण्डमा इथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्छन्,’ उनले भने, ‘बगको आधारमा त्यस्ता ह्याकरलाई निश्चित रकम सहितको रिवार्ड उपलब्ध गराइन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१