close

स्न्यापच्याटको एन्ड्रोइड भर्सनमा यसरी अन गर्नुहोस् डार्क मोड

टेकपाना टेकपाना

पुस १८, २०७८ ११:१५

स्न्यापच्याटको एन्ड्रोइड भर्सनमा यसरी अन गर्नुहोस् डार्क मोड

काठमाडौं । सन् २०१९ देखी एपमा डार्क मोडको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रयोगकर्ताको स्वास्थ्य तथा ब्याट्रीको हिसाबले पनि डार्क मोडलाई उपयुक्त भएकाले पनि धेरै एपले डार्क मोडको विकल्प उपलब्ध गराउन थालेका हुन् ।

सोही अनुरूप स्न्यापच्याटले पनि केही समय अघि एपमा डार्क मोड उपलब्ध गराएको हो । तर, यो फिचर एन्ड्रोइडमा भने उपलब्ध छैन् । फोटो सेयरिङ एपको रुपमा करोडौं प्रयोगकर्ता रहेको स्न्यापच्याटले उपलब्ध गराएको डार्क मोड कसरी प्रयोग गर्ने भन्ने विषयमा यहाँ हामी तपाईँहरूलाई जानकारी दिँदै छौ ।

एन्ड्रोइडमा डार्क मोड अन गर्ने तरिका

हुन त डार्क आईओएसमा जस्तो एन्ड्रोइडका हकमा स्न्यापच्याटले फरक विकल्प उपलब्ध गराएको छैन् । यस्तोमा धेरै एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो डिभाइसमा डार्क मोड कसरी इनेवल गर्ने भन्ने विषय खोजी रहेका हुन्छन् । हुन त एपबाटै यो सम्भव छैन् । त्यसैले एन्ड्रोइडको फिचरमार्फत डार्क मोड प्रयोग गर्न यहाँ हामी सिकाउँदै छाैं ।

त्यसका लागि सुरुमा मोबाइलको ‘सेटिङ’ मा जानुहोस् । अब ‘अवाउट फोन’ मा क्लिक गर्नुहोस् । त्यसको अन्त्यमा तपाईंले ‘बियुल्ड नम्बर’ मा गएर सात पटक क्लिक गर्नुहोस् । त्यो हुँदा अब तपाईंको फोनमा ‘डेभलपर मोड’ अन हुनेछ ।

enable dev mode android

अब पूनः सेटिङको होममा फर्कनुहोस् र ‘सिस्टममा’ क्लिक गरी ‘डेभलपर अप्सनमा’ क्लिक गर्नुहोस् ।

open developer options to turn on Snapchat Dark Mode

त्यहाँ भित्र तपाईंले ‘ओभरराइड फोर्स–डार्क’ लाई इनेबल गर्नुहोस् । त्यति गरेसँगै तपाईंको मोबाइल डार्क मोड अन हुनेछ । यती गरेसँगै जुन एपमा डार्क मोड उपलब्ध छैन् एन्ड्रोइड एप आफैले त्यस्ता एपमा डार्क मोड उपलब्ध गराउने छ ।

override force dark toggle to enable Snapchat Dark Mode

तर, स्न्यापच्याटको नयाँ एपमा भने एन्ड्रोइडको फोर्स डार्क मोडले काम गर्ने छैन् । त्यसैले यदि तपाईंले स्न्यापच्याटमा डार्क मोड प्रयोग गर्न चाहनुहुन्छ भने एपीकेमार्फत पुरानो भर्सन डाउनलोड गरी प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२