७००० एमएएच ब्याट्रीसहित ‘ओप्पो ए६सी’ नेपालमा, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र ६ वर्षको ब्याट्री हेल्थ
जेठ २९, २०८३ १७:२२
काठमाडौँ । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए६सी’ को नयाँ स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ । बजार मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको फोन (४ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज) विशेषगरी लामो समयसम्म प्रयोग गर्ने तथा दैनिक काममा भरपर्दो स्मार्टफोन खोज्ने प्रयोगकर्ताका लागि लक्षित छ ।
फोनमा ७००० एमएएच क्षमताको ठुलो ब्याट्री दिइएको छ । साथै, फोनमा अन्य डिभाइस चार्ज गर्न मिल्ने रिभर्स वायर्ड चार्जिङ सुविधा छ । ग्राहकले ६ वर्षको ब्याट्री हेल्थ लाइफ पाउने कम्पनीले जनाएको छ ।
ओप्पो ए६सीमा युनिसक टी७२५० प्रोसेसर भएको यो फोन एन्ड्रोइड १५ मा आधारित कलर ओएसबाट चल्छ । फोनको १३ मेगापिक्सेलको रियर क्यामेराले सफ्टवेयर अपस्केलिङको माध्यमबाट ५० मेगापिक्सेलसम्मको फोटो आउटपुट प्रदान गर्ने जनाइएको छ । सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा छ ।
साथै, फोटोमा रहेका अनावश्यक वस्तु हटाउन एआई इरेजर र पोट्रेट फोटोलाई स्पष्ट र आकर्षक बनाउन एआई क्लियर फेस जस्ता एआई फिचर पनि छन् । प्रिमियम फ्ल्यागशिप शैलीको डिजाइनमा आएको ओप्पो ए६सी फेदर ह्वाइट र स्टोन ब्राउन गरी दुई कलर भेरियन्टमा उपलब्ध भएको छ ।
फोनमा १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्ले पाउन सकिन्छ । पानीका छिटा र धुलोबाट सुरक्षा प्रदान गर्न आईपी६४ र डस्ट रेसिस्टेन्ट सुविधा दिइएको छ भने ४८ महिनाको फ्लुएन्सी प्रोटेक्सन रहेको छ र
लगातार तीन घण्टासम्म स्थिर ६० एफफीएस गेमिङ अनुभव प्रदान गर्ने हुँदा यो फोन गेमिङ रुचाउने प्रयोगकर्ताका लागि पनि उपयुक्त हुने कम्पनीको विश्वास छ ।
फोन सार्वजनिक भएको अवसरमा कम्पनीले ग्राहकका लागि एक हजार रुपैयाँ तत्काल क्यासब्याक अफर ल्याएको छ । यो अफर आगामी ३० जुनसम्म देशभरका सहभागी ओप्पो स्टोरहरूमा लागु हुनेछ । त्यसैगरी, १२ जुनदेखि आउँदो १२ जुलाईसम्म ओप्पो ए६सी खरिद गर्ने ग्राहकले दुई महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पाउने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १७:२९
