close

अश्लील फोटो/भिडिओ शेयर गर्ने प्रहरीमाथि कारबाही सुरु

टेकपाना टेकपाना

पुस १९, २०७८ १३:२८

अश्लील फोटो/भिडिओ शेयर गर्ने प्रहरीमाथि कारबाही सुरु

काठमाडौं । सामाजिक सञ्जालमा अश्लील फोटो/भिडिओ शेयर गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ । प्रहरीहरूले नै यौन दुराचारका सामग्री शेयर गरेको पाइएपछि कारबाही प्रक्रिया थालिएको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बताए ।

‘कानून सबैका लागि बराबर हुन्छ । सामाजिक सञ्जालमा अश्लील भिडिओ/तस्वीर शेयर गर्ने अथवा सामाजमा नकारात्मक प्रभाव पार्ने गरी कुनै पनि काम गर्नेलाई हामीले कारबाही गरिरहेका छौं । यो कारबाहीबाट कोही पनि वञ्चित हुँदैन,’ उनले टेकपानासँग भने ।

कानून विपरित काम गर्ने जोकोही पनि कारबाहीको भागिदार हुने उनले बताए ।

प्रहरी विभाग अन्तर्गतकै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा यसरी यौन दुराचारको काम गरिरहेको सूचना आइसकेपछि छानबिन थालिएको र छिट्टै दोषीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२