close

सर्वसाधारणदेखि चर्चित व्यक्तिहरुको फेसबुक ह्याक गरी ठगी गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

पुस २०, २०७८ १७:२२

सर्वसाधारणदेखि चर्चित व्यक्तिहरुको फेसबुक ह्याक गरी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सर्वसाधारणदेखि चर्चित व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी ठगीमा संलग्न भएको भन्दै प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने किरण पाठक रहेका छन् ।

ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही गर्न पाठकलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले विभिन्न व्यक्तिको फेसबुक अकाउन्ट ह्याक गरी ती आईडीमा भएका साथीहरुसँग नक्कली व्यक्ति बन्दै अर्जेन्ट समस्या परेको देखाई, विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको पाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५