close

बिग्रियो नास्टमा राखिएको ‘यान्त्रिका’ रोबोट

टेकपाना टेकपाना

पुस २४, २०७८ ८:०

बिग्रियो नास्टमा राखिएको ‘यान्त्रिका’ रोबोट

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बनाइएको नास्टको रोबोट यान्त्रिका चल्न छाडेको छ । गत वर्षआर्टिफिसियल इन्टिलिजिन्स र मेसिन लर्निङ सिस्टम जडित ‘यान्त्रिका नास्टले सार्वजनिक गरेको थियो ।

एआई र मेसिन लर्निङ फिचर भएको नेपालमै निर्मित पहिलो दाबी गरिएको उक्त रोबोट सार्वजनिक गरेको केही महिनामै बिग्रिएको छ । रोबोटको डिजाइन र निर्माण नाष्टको प्रविधिक संकायले गरेको हो ।

यो रोबेटलाई नाष्टको मुख्य ढोकाबाट छिर्ने बित्तिकै स्वागत गर्न राखिएको छ । तर यसल काम गर्दैन । प्रवेशद्वारमा रोबोटको बत्ती मात्रै बल्छ ।

यसअघि नास्टले प्रचार गरेअनुसारको काम यान्त्रिकाले गर्न नसकेपछि यसको निर्माणमाथि पनि प्रश्न उठेको छ । नास्ट प्रशासनले यान्त्रिकामा प्राविधिक समस्या देखिएकाले बनाउन समय लाग्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५