close

अब पठाओ अङ्कित ज्याकेट लगाउन नपाइने

टेकपाना टेकपाना

चैत १०, २०७७ १८:६

अब पठाओ अङ्कित ज्याकेट लगाउन नपाइने

काठमाडौं । अब राइड शेयरिङ प्लेटफर्म पठाओको ज्याकेट लगाएर बाइक तथा ट्याक्सीमा सेवा दिन नपाइने भएको छ ।

हिजो सोमाबार गाेङ्गबुस्थित नयाँ बसपार्कमा अन्य ट्याक्सी चालकले पठाओसँग आवद्ध ट्याक्सी चालकमाथि हातपात गरेको घटनालाई लिएर महानगरीय ट्राफिक महाशाखाले पठाओको नाम लेखिएको कपडा लगाउन प्रतिबन्ध लगाएको हो ।

सोमबार ट्याक्सी ड्राइभरले आफ्नो ग्राहक खोसेको भन्दै गोङ्गबुमा पठाओका चालकलाई कुटपिट गरेका थिए । ट्याक्सी भाडामा कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालक कुटपिटमा उत्रिएका थिए ।

यो विवाद ट्राफिक प्रहरीमा पुगेर समाधान भएको छ । यसै विषयलाई लिएर ट्राफिक र पठाओबीच छलफल भएको थियो ।

उक्त छलफलसँगै चालकको सुरक्षाको लागि भन्दै महानगरीय ट्राफिकले पठाओ लेखेको ज्याकेट तथा ट्राउजर नलगाउन निर्देशन दिएको पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले बताइन् ।

उनका अनुसार कोभिड १९ का कारण सुरक्षाको विषयलाई लिएर चालकलाई ज्याकेट तथा ट्राउजर अनिवार्य गरिएको थियो ।

तर, अब भने अर्को सूचना जारी नभएसम्म पठाओ झल्काउने कुनै पनि ‘प्रोटक्टिभ गेयर’ प्रयोग नगर्न सबै चालकलाई जानकारी गराइएको छ ।

यदि सूचनाको बेवास्ता गर्दै ज्याकेट लगाएर हिँडेको खण्डमा प्रशासनबाट कारबाही हुनसक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१