close

पब्जीका म्याप एक अर्कामा कसरी फरक छन् ?

गणेश सुवेदी गणेश सुवेदी

चैत ७, २०७८ ९:५१

पब्जीका म्याप एक अर्कामा कसरी फरक छन् ?

काठमाडाैं । ब्याटल रोयल गेममध्ये पब्जी एक चर्चित गेम हो । यसमा प्लेयरको गेमिङ अनुभव केही पृथक छ । विशेषतः युवा जमात खाली समयमा पब्जी खेल्न रुचाउँछन् ।

पब्जी पनि प्लेयरले धेरैभन्दा धेरै समय आफ्नो गेममा बिताउन् भन्ने चाहन्छ । त्यसैले प्लेयरको अनुभवलाई ध्यानमा राखेर पब्जीले बेलाबखत गेममा नयाँ-नयाँ परिवर्तन तथा नयाँ-नयाँ म्याप सार्वजनिक गरिरहेको हुन्छ ।

पब्जी प्लेयरले अहिले ६ वटा म्यापमा पब्जी खेल्न सक्छन् । जुन म्याप एक-अर्कासँग धेरै नै फरक छन् । आज हामी पब्जीका म्यापहरुको बारेमा कुरा गर्ने छौँ र तिनीहरु के-कसरी आपसमा फरक छन्, त्यो पनि केलाउने कोसिस गर्ने छौँ ।

१. इराङ्गल

इराङ्गल पब्जीको पहिलो म्याप हो । जसको ग्रिड 8kmX8km को रहेको छ । यसको ५१ प्रतिशत भाग मात्र जमिनले ‌‍‍ओगटेको छ बाँकी सबै पानीले ‌‌‍‍‍‌ओगटेको छ । यसमा अन्य म्यापमा जस्तै गाडीहरु घरहरु देख्न पाइन्छ । यो म्यापको विशेषता भनेको यसमा गतिशील मौसम (Dynamic Weather) देख्न पाइन्छ ।

No description available.

इराङ्गलमा हामीहरुले ठूला तथा साना सहरहरू, पावर प्लान्ट र विशाल हरियो जमिनहरूमा खडा गरिएको सैन्य स्थान देख्न पाउछौँ । यस म्यापका केही  ठाँउहरु जस्तै सस्नोभ्का मिलिटरी वेस (Sosnovka Military Base), स्कुल(school), मिल्टा पावर (Mylta Power) लुटको लागि विशेष परिचित छन् ।

तर यी ठाँउमा गेमको सुरुवातमा भने एनिमीहरु धेरै उत्रन्छन् । यी ठाँउमा गेममा बाच्नको लागि चाहिने मेडिकिट, बन्दुक, भेस्ट, हेलमेट जस्ता चिज सजिलै पाइन्छ ।

२.मिरामर

पब्जीको यो म्यापको साइज इराङ्गलको बराबर नै छ । तर यसमा पानीले ओगटेको भाग मात्र १९ प्रतिशत छ । त्यसैले यसलाई पब्जीको अहिलेसम्मकै सबैभन्दा ठूलो म्याप भन्न सकिन्छ ।

यो म्यापको विशेषता भनेको मरुभूमीको जस्तो यसको वातावरण हो । यसमा इराङ्गलको जस्तो हरियाली वातावरण देख्न पाइँदैन ।

No description available.

यो म्याप ठूलो भएकाले बाँचेर स्कोर बढाउन अन्य म्यापभन्दा अलि सजिलो छ । यो म्यापका केही ठाँउहरु जस्तै प्रिजन (Prison), पेकाडो (Pecado), क्याम्पो मिलिटर (Campo Militar) विशेष गरी लुटका लागि परिचित छन् । विन ९४ स्नाइपर राइफल (Win 94 sniper Rifle) यो म्यापमा मात्र पाइने गन हो ।

३. सानहोक

सानहोक म्याप घाँसै घाँस भएको हरियो म्याप हो । यो म्याप हेर्दा धेरै वर्षा भइरहने म्यापजस्तो देखिन्छ । यस म्यापमा ठूला घरहरु भन्दा पनि स-साना घरहरु धेरै देख्न पाइन्छ ।

यो म्याप इराङ्गल भन्दा चार गुणा सानो छ । यदि तपाईंहरुलाई क्याम्पिङ वा झाडीहरूमा लुकेर खेल्न मनपर्छ भने तपाईंहरु सानहोक म्यापमा खेल्न सक्नुहुन्छ ।

No description available.

यो म्यापको साइजबाट नै यो कुरा आँकलन गर्न सकिन्छ कि, यसमा कति धेरै फाइट पर्छ भनेर । यदि तपाईं बुटक्याम्पमा झरेर स्कोर बढाउने सोच्दै हुनुहुन्छ भने त्यो भन्दा ठूलो मुर्खता केही हुन्न जस्तो लाग्छ ।

अन्य म्यापमा जस्तै यो म्यापमा पनि रुइन्स (Ruins), बुटक्याम्प (BootCamp) र पाराडाइज रिसोर्ट (Paradise Resort) लुट पाउने ठाँउको रुपमा परिचित छन् ।

यो म्यापमा मात्र पाउने गनहरु क्युबिजेट ९५ एसल्ट राइफल(QBZ 95 Assault Rifle) र क्युबियु डिजाइनेटेड मार्क्सम्यान राइफल (QBU Designated Marksman rifle) हुन् ।

४. विकेन्डी

विकेन्डी एक हिउँ नै हिउँ भएको वातावरणमा आधारित म्याप हो । विकेन्डी 6kmx6km को म्याप हो, जुन सानहोकभन्दा ठूलो छ । तर आकारमा  इराङ्गल भन्दा सानो छ । प्लेयरहरूले धेरै लुट पाउने म्यापमध्ये यो पनि एक हो । यसमा अन्य म्यापमा भन्दा केही नयाँ गाडीहरू छन्, जसले थप यस म्यापलाई उत्कृष्ट बनाउँछ ।

No description available.

यसमा प्लेयरहरुले रात र दिनको दुवै वातावरणमा गेम खेल्न सक्छन् । यस म्यापका केही  ठाँउहरु जस्तै डिनो पार्क (Dino Park), सिमेन्ट फ्याक्ट्री (Cement Factory), हट स्प्रिङ(Hot Spring) र पोर्ट(Port) लुटको लागि विशेष परिचित छन् । जी३६सी एसल्ट राइफल (G36C assault rifle) यस म्यापमा मात्र पाइने राइफल हो ।

५. काराकिन

कारकिन म्याप पब्जीको अहिले  सानहोक पछिको सबैभन्दा सानो म्याप हो । यो जम्मा 2KmX2Km को रहेको छ । पब्जीका अन्य म्यापमा १०० जनाले प्रतिस्पर्धा गर्छन् भने यसमा मात्र ६४ जना प्लेयर हुन्छन् ।

No description available.

यो  म्यापमा म्यापको छेउछेउमा छ वटा ठूला सहरहरु रहेका छन्, जुन अल हाइक (Al Hayik), हदिका निमो (Hadiqa Nemo), बशारा (Bashara), कार्गो शिप (Cargo Ship), बहर साहिर (Bahr Sahir) र अल हबर (Al Habar) हुन ।

यो म्यापको वातावरणलाई हेर्दा यो म्याप सानहोक र मिरामरको मिलाएर बनाइएको जस्तो लाग्छ । यो म्याप सानो भएकाले यसमा गेम खेल्ने शैली पनि आक्रामक रहेको छ । अन्य म्यापमा रेड जोन भए जस्तै यसमा ब्ल्याक जोन रहेको छ। जसले ठूला ठूला घरहरु भत्काउने क्षमता राख्छ ।

६. लिभिक

लिभिक पब्जीको अहिलेसम्मको सबैभन्दा सानो म्याप हो । यो  विकेन्डी र  इराङ्गल मिलेर बनेको छ भन्न सकिन्छ । किनकि यसमा कहीँ हिउँ देखिन्छ भने कतै हल्का हरियाली ।

No description available.

यो म्यापमा ५२ जना प्लेयरहरुले अन्तिमसम्म बाँच्नका लागि सङ्घर्ष गर्छन् । यो म्याप पनि सानो भएकाले यसमा गेम खेल्ने शैली पनि आक्रामक रहेको छ ।

यसका केही लुट पाउने ठाउँको कुरा गर्नुपर्दा पावर प्लान्ट (Power Plant), आइसबर्ग (Ice Borg) र मिडस्टेन (Midtstein) लाई लिन सक्छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३