close

साइबर ब्यूरोलाई कोइकाको ९७ करोड अनुदान, केमा हुँदैछ खर्च ?

टेकपाना टेकपाना

चैत ८, २०७८ १७:३१

साइबर ब्यूरोलाई कोइकाको ९७ करोड अनुदान, केमा हुँदैछ खर्च ?

काठमाडौं । दक्षिण कोरियाली सहयोगमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको केन्द्रीय साइबर ब्यूरोको स्तरोन्नति हुने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले नेपालको साइबर सुरक्षालाई थप सुदृढ बनाउन ८० लाख डलर (९७ करोड रूपैयाँ बढी) सहयोग गर्न लागेको ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी दिए ।

उनका अनुसार यो रकम साइबर ब्यूरोको भौतिक र प्राविधिक पूर्वाधारको स्तरोन्नतिका साथै क्षमता अभिवृद्धिका लागि खर्च हुनेछ ।

‘साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउन दक्षिण कोरियाले अन्य देशलाई पनि सहयोग गर्ने गरेको बुझ्नमा आएको छ । यही क्रममा नेपाललाई पनि सहयोग गर्न लागेको हो,’ अर्यालले भने, ‘सहयोगको आधारमा काम गर्ने क्षेत्रहरूको अध्ययन भइरहेको छ ।’

दक्षिण कोरियाली सरकारको सहयोगमा साइबर ब्यूरोको फरेन्सिक ल्याबदेखि अन्य प्राविधिक पक्षहरूको स्तरोन्नति, जनशक्ति उत्पादन, स्रोत साधानको विकास तथा ब्यूरोको क्षमता अभिवृद्धि लगायतका काम गरिने उनले बताए ।

यसका लागि गृह मन्त्रालय र कोइका नेपालबीच ‘रेकर्ड अफ डिस्कसन’ (सम्झौता) भइसकेको छ ।

‘इस्टाब्लिसमेन्ट अफ साइबर ब्यूरो विथ क्यापासिटी बिल्डिङ फर नेपाल पुलिस’ नामक सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका हुन् । जसअुनसार कोइका नेपालले ६ वर्षको परियोजनाको लागि ८० लाख अमेरिकी डलर प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२