close

आज तपाईँकोमा ‘फ्री फायर’ चलिरहेको छैन ? यस्तो छ कारण

गणेश सुवेदी गणेश सुवेदी

चैत ९, २०७८ १६:५७

आज तपाईँकोमा ‘फ्री फायर’ चलिरहेको छैन ? यस्तो छ कारण

काठमाडौं । यदि तपाईँ फ्री फायर गेम प्रेमी हुनुहुन्छ भने पक्कै पनि आज यो गेम खेल्न पाउनुभएको छैन होला । यस्तोमा तपाईँलाई आफ्नै मोबाइल वा इन्टरनेटमा कुनै समस्या आएर यस्तो भएको हो कि भन्ने पनि लागेको हुनसक्छ ।

तर यस किसिमको समस्या भोग्नेमा तपाईँ एक्लो हुनुहुन्न । किन भने गरिनाले आफ्नो फ्री फायर गेमलाई अझै व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आज प्याच अपडेट सुरु गरेको छ । यो अपडेट भइरहेकाले फ्री फायर प्लेयरले गेम खेल्न नपाएका हुन् ।

आजको प्याच अपडेटसँगै गरिनाले गेममा क्रेडिट सिस्टम सुरु गर्दैछ । जसमा प्लेयरहरूले गेममा देखाउने व्यवहार हेरेर प्वाइन्ट दिइने छ ।

प्लेयरको प्वाइन्ट राम्रो भएको खण्डमा विभिन्न पुरस्कार दिइने र कम भएको खण्डमा र्‍याङ्क म्याच खेल्नबाट रोक लाग्ने छ । यस्तो प्वाइन्ट अरु प्लेयरले गरेको रिपोर्टमा भर पर्नेछ । यदि अन्य प्लेयरले तपाईँ विरुद्ध रिपोर्ट गरे प्वाइन्ट घट्ने र रिपोर्ट नगरे प्वाइन्ट बढ्नेछ । 

साथै यो अपडेटपछि क्यारेक्टर लिङ्क गर्ने सुविधा पनि फ्री फायरमा थपिनेछ । साथै यससँगै फ्रिफाएर सीएस र्‍याङ्कको नयाँ सिजन समेत सुरु हुँदैछ । यही अपडेटमा इनगेम क्यारेक्टरहरूको क्षमता थपघट हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२