close

डाइनामिक स्टोरिज फिचर ल्याउँदै स्न्यापच्याट, यस्तो हुनेछ सुविधा

टेकपाना टेकपाना

चैत ३०, २०७८ २२:२५

डाइनामिक स्टोरिज फिचर ल्याउँदै स्न्यापच्याट, यस्तो हुनेछ सुविधा

काठमाडौं । स्न्यापच्याटले आफ्ना प्रयोगकर्ताका लागि एउटा नयाँ फिचर घोषणा गरेको छ । कम्पनीले मङ्गलबार  प्रयोगकर्ताले आफ्नो डिस्कभर फिडमा समाचार तथा सूचनालाई हाइलाइट गर्न सकिने डाइनामिक फिचरको घोषणा गरेको हो ।

यो फिचरलाई डाइनामिक स्टोरिज नाम दिइएको छ । यो फिड अप्सनले प्रयोगकर्ता विश्वभरका सबै नयाँ समाचार हेर्न सकिने सुविधा दिनेछ ।

सोसल मिडिया प्लेटफर्म वेबमा भेरिफाइड प्रकाशक तथा कन्टेन्ट क्रियटरले बनाएका कन्टेन्टबाट स्टोरिज तयार पारिनेछ । फ्रान्स, अमेरिका, भारत र बेलायतमा रहेका प्रयोगकर्ता माझ डाइनामिक फिचरको परीक्षण भइरहेको छ ।

निकट भविष्यमा विश्वभर छरिएर रहेका स्न्यापच्याटका प्रयोगकर्ताले आफ्नो स्न्यापच्याट अकाउन्टको डिस्कर फिडमा रियल-टाइममा स्टोरिज अपडेट देख्न पाउनेछन् । डाइनामिक स्टोरिजले आरएसएस फिड प्रयोग गरी कन्टेन्टबाट स्टोरिज बनाउने सुविधा दिनेछ ।

अमेरिकामा एक्सियोस, ब्लुमबर्ग, सीएनएन, कम्प्लेक्स नेटवर्क, कोड नास्ट, आईएसपीएन, इनसाइडर, न्युयोर्क पोस्ट, पेज सिक्स, सेल्फ, द वाल स्ट्रिट जर्नल, द वासिङ्गट्न पोस्ट, टीएमजेड, भ्वाइस र भोग जस्ता मिडियासँग स्न्यापच्याट जोडिएको छ । त्यस्तै बेलायतमा ब्रिटिश भोग, जीक्यू युके, द इन्डिपेन्डेन्ट र द मिरर समेत कम्पनीको मिडिया पार्टनरको रुपमा रहेका छन् ।

यसैगरी भारतका जीक्यू इन्डिया, मिस मालिनी, पिङ्कविला, स्पोर्ट्सकिडा, द क्विन्ट, टाइम्स नाउ र भोग इन्डिया जस्ता प्रकाशकका कन्टेन्ट स्न्यापच्याटको डाइनामिक स्टोरिजमा रहनेछन् । सामाजिक सञ्जाल स्न्यापच्याटले हालै कयौँ अन्य नयाँ फिचरको परीक्षण थालेको छ ।

यसै अप्रिलको सुरुवातमा कम्पनीले युट्युब एपबाट सोझै भिडिओ शेयर गर्न सकिने गरी नयाँ फिचर ल्याएको छ । यो एपमा १३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताको सुरक्षाका लागि नयाँ प्यारेन्टल कन्ट्रोल फिचर समेत आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४