close

तपाईंको फेसबुक प्रोफाइल क-कसले हेरे, के सोर्स कोडबाट साँच्चिकै थाहा पाउन सकिन्छ ?

सुसन चापागाईं सुसन चापागाईं

बैशाख १२, २०७९ २१:२७

तपाईंको फेसबुक प्रोफाइल क-कसले हेरे, के सोर्स कोडबाट साँच्चिकै थाहा पाउन सकिन्छ ?

काठमाडौं । तपाईंलाई पक्कै पनि आफ्नो फेसबुक प्रोफाइल कसले भिजिट गर्‍यो होला भन्ने कौतुहलता होला । फेसबुकको गोपनीयता नीतिले तपाईंको प्रोफाइल कसले खोलेर हेर्दैछ भन्ने जानकारी दिँदैन । यद्यपि विभिन्न थर्ड पार्टी एप, साइट, एक्स्टेन्सनले यस्तो जानकारी दिने दावी गर्छन् ।

फेसबुक फलोअर, फ्रेन्ड्स जस्तै प्रोफाइल भिजिटर हेर्न मिल्ने, नमिल्ने विषयमा हामीलाई पनि निरन्तर प्रश्न र जिज्ञासा आइरहेको हुन्छ । कतिपय साइटले फेसबुकको पेज सोर्सबाट प्रोफाइल कसले भिजिट गरे भन्ने कुरा थाहा पाउन सकिने कुरा जनाएका छन् । 

view-source:https://www.facebook.com मा गएर सोर्स कोड हेर्न सक्नुहुन्छ ।  

त्यसपछि ctrl + F की प्रेस गरेर Buddy ID,InitialChatFriendsList, AvailableListInitialData खोज्न सक्नुहुन्छ ।

Buddy ID (बडी आईडी), InitialChatFriendsList , AvailableListInitialData  सर्च गर्दा दिने आईडीले तपाईंको प्रोफाइल भिजिट गर्ने प्रोफाइलको आईडी दिन्छ भन्ने मान्यता छ ।

यद्यपि यी कुरामा पूर्ण सत्यता भने छैन ।  हामीले एक हप्तादेखि प्रोफाइल भिजिट गरेर सोर्स कोड हेर्दा पनि उक्त प्रोफाइल भने देखाएन । 

यसरी ट्रयाक गरिने आईडीलाई facebook.com/ आईडी लिंकमा जाँदा सम्बन्धित व्यक्तिको प्रोफाइल देखाउँछ । तर उक्त व्यक्तिले तपाईंको प्रोफाइल भिजिट गरे/नगरेको यकिन भने गर्न सकिँदैन ।  

यी आईडीहरुले फेसबुकमा हुने नियमित च्याट, लाइक, कमेन्ट, शेयर जस्ता गतिविधिका आधारमा यी आईडी छुट्ट्याउँछ भन्ने कुरा फेसबुकलाइ मात्र थाहा छ ।

कम्पनीको गाेपनीयता नीति अनुसार तपाईंलाई फेसबुकले प्रोफाइल भिजिटर ट्रयाक गर्न दिँदैन । कुनै पनि थर्ड पार्टी एप, साइटहरुले यसको दाबी गरेमा रिपोर्ट गर्न समेत फेसबुकले अनुरोध गरेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२