close

अब भिभोका स्मार्टफोन शून्य ब्याजदरमा किस्ताबन्दीमा किन्न पाइने

टेकपाना टेकपाना

भदौ ३, २०७७ १०:३३

अब भिभोका स्मार्टफोन शून्य ब्याजदरमा किस्ताबन्दीमा किन्न पाइने

काठमाडौं । भिभोले ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा स्मार्टफोन उपलब्ध गराउने भएको छ ।

सस्ताे मूल्यमा स्टाइलिस स्मार्टफोन वितरण गर्ने प्रतिबद्धतालाई अगाडि बढाउँदै भिभोले १५ हजार मूल्यभन्दा माथिका सबै भिभो स्मार्टफाेनका लागि यो योजना ल्याएको हाे ।

यसका लागि भिभोले सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आईएमई बैंकसँग साझेदारी गरेकाे छ ।

भिभोले विशेषगरी युवाहरूका लागि स्मार्टफोन सस्तो र सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई योजना ल्याएको जनाएको छ ।

यो योजनाले स्मार्टफोनको बजार अझै बढ्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकले ईएमआई योजनामा सहभागी हुन भिभोले साझेदारी गरेका बैंकको शाखाहरु वा भिभोको नेश्नल डिस्ट्रिब्यूटरहरु एपेक्स मनोकामना र सेलुसिटीमा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित बैंकले ग्राहकको परिचय र क्रेडिट कार्डका लागि भेरिफाई गर्नेछन् । भेरिफाईड भएपछि बैंकले ग्राहकलाई पर्चेज अर्डर दिनेछ । पर्चेज अर्डर जाँचेपछि भिभोले ग्राहकले अनुरोध गरेको स्मार्टफोन मोडल उपलब्ध गराउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०