close

तीन नयाँ स्मार्टफोन ल्याउँदै नोकिया

टेकपाना टेकपाना

माघ ११, २०७७ १८:२६

तीन नयाँ स्मार्टफोन ल्याउँदै नोकिया

काठमाडौं । यस वर्ष आउने नोकियाका तीन स्मार्टफोन सम्बन्धी एक रिपोर्ट बाहिरिएको छ । कम्पनीका अपकमिङ स्मार्टफोन नोकिया १.४, नोकिया ६.३ र नोकिया ७.३ सार्वजनिक हुने विषयको जानकारी प्राप्त भएको हो ।

यद्यपि कम्पनीको तर्फबाट आधिकारिक रुपमा भने अहिलेसम्म यी फोनको सार्वजनिक हुने मिति, मूल्य र फिचरको बारेमा कुनै जानकारी आएको छैन ।

नोकिया १.४

नोकिया पावरन्युजको रिपोर्ट अुनसार नोकिया १.४ स्मार्टफोन फेब्रुअरीको सुरुवातमा सार्वजनिक हुनेछ । जसको मूल्य १६ हजार रुपैयाँभन्दा कम हुने बताइएको छ ।

यसको स्पसिफिकेसनको कुरा गर्ने हो भने यसमा ६.५१ इन्चको एचडी प्लस एलसीडी डिस्प्लेका साथ यो फोन बजारमा आउनेछ । यसमा पर्फर्मेन्सका लागि एक जीबी र्‍याम तथा १६ जीबी स्टोरेज हुने बताइएको छ ।

नोकिया ६.३ तथा नोकिया ७.३

नोकिया ६.३ तथा नोकिया ७.३ को कुरा गर्ने हो भने यी दुवै स्मार्टफोन २०२१ को पहिलो त्रैमासिकको अन्त्यतिर वा दोस्रो त्रेमासिकको सुरुवाती समयमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ । साथै दुवै स्मार्टफोनको मूल्य २५ हजार रुपैयाँभन्दा कम हुने बताइएको छ ।

अन्य रिपोर्टहरुलाई आधार मान्ने हो भने नोकिया ६.३ मा स्नापड्रागन ७३० प्रोसेसर, ४५०० एमएएच क्षमताको ब्याट्री र २४ मेगापिक्सेलको क्यामेरा हुनेछ ।

यसैगरी नोकिया ७.३ मा ६.५ इन्चको पञ्चहोल डिस्प्ले, स्नापड्रागन ६९० प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४