close

१२० हर्जको रिफ्रेस रेट सहित ‘वान प्लस एट टी’ आउँदै, साथमा १२ जीबी र्‍याम

टेकपाना टेकपाना

असोज ७, २०७७ ९:२

१२० हर्जको रिफ्रेस रेट सहित ‘वान प्लस एट टी’ आउँदै, साथमा १२ जीबी र्‍याम

काठमाडौं । वानप्लसले आफ्नो नयाँ मोडल एट टी अक्टोबर १४ मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।  

वानप्लसले यो फोनको डिस्प्लेमा विशेष फिचर ल्याएको छ । यसमा १२० हर्ज रिफ्रेस रेट सहितको एफएचडी प्लस स्क्रिन रहेको छ ।

वान प्लस एट टी को ब्याट्री ब्याकअप पनि एकदमै राम्रो छ । यसमा ४५ सय एमएएचको ब्याट्री ६५ वाटको चार्जिङ रहेको छ । 

यो फोनमा स्नापड्रागन ८६५ प्रोसेसर रहेको छ । 

क्यामेराको कुरा गर्दा यसमा क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ४८ मेगापिक्सल, १६ मेगापिक्सल, ५ मेगापिक्सल र २ मेगा पिक्सलका लेन्स छन् ।

यो फोनमा दुई स्टोरेज भेरियन्ट छन् । पहिलोमा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छन् भने दोस्रोमा १२ जीबी र्‍याम र २५६ जीबीको इन्टरनल स्टोरेज छन् ।

पहिलो भेरियन्टको मूल्य ५९९ युरो रहेको छ । यस्तै दोस्रो भेरियन्टको मूल्य ६९३.१८ युरो रहेको छ ।

यदि अहिले सार्वजनिक भएको मूल्य सहि हुने हो भने यो फोन वान प्लस एट भन्दा पनि सस्तो हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०